अर्घाखाँची : नेपाली सेनाले बालबालिकालाई दिने एनसिसी तालिममा अभिभावकको रुची

अर्घाखाँची । मालारानी ५ बाँगी निवासी बिष्णु क्षेत्रीका छोरा साजन क्षेत्री अहिले कक्षा ८ मा अध्ययान गरीरहेका छन् । उनी नेपाली सेनाले दिईरहेको एनसीसी तालिम लिईरहेको छन् । छोराले यो तालिम लिईरहदा क्षेत्री उत्साअित छन् । देख्दा यो सामान्य तालिम जस्तो देखिए पनि यसको धेरै फाईदा रहेको क्षेत्री बताउछन् । अहिलेका बालबालिकाहरु मोवाईलमा मात्र बढि केन्द्रीत हुने गरेको भन्दै यो तालिम धेरै महत्वपूर्ण रहेको उनको बुझाइ छ । उनि भन्छन “अहिलेका बालबालिका फोन तथा ईन्टरनेटमा बढि भुल्ने गरेका छन जसले गर्दा ब्यायम, अनुशासन जस्ता कुराहरुमा त्यति ध्यान जादैन । यो तालिमले अनुशासित, मर्यादित र ईमानदार बनाउन पनि सहयोग गर्छ । यसले खोज, राहत, उद्धार र प्राथामिक उपचारका लगायतका व्यवहारिक ज्ञान दिने भएकाले यो प्रभावकारी छ । यस्ता तालिम भईरहनु पर्छ ।”

राष्ट्रलाई अफ्ठ्यारो पर्दा योगदान गर्न सक्ने साहसी, इमान्दार र राष्ट्रभक्त जनशक्ति उत्पादनको लक्ष्य सहित नेपाली सेनाले विद्यार्थीहरुलाई वर्गिकरण गरेर तालिम दिंदै आएको छ ।

नेपाली सेनाले हरेक वर्ष निश्चित संख्यामा विद्यार्थीहरुलाई सैन्य तालिम दिँदै आएको छ । सिनियर र जुनियर डिभिजन बनाएर प्रत्येक वर्ष देशभरबाट विद्यालयहरु छनोट गरेर निश्चित मापदण्ड पुरा गरेका विद्यार्थीलाई तालिम दिने गरिएको छ । सोही अनुरुप यस वर्ष अर्घाखाँचीबाट ७२ जनालाई तालिम दिईदै छ । दुई ओटा विद्यायलका ३६ जना छात्र र ३६ जना छात्रा गरी ७२ जनालाई जुनियर डिभिजनको तालिम अभ्यास गराइने छ ।

सन्धिखर्कको गौरिशंकर इङिलश बोर्डिङ्ग स्कुल र ज्ञान प्रकाश मावी डिभर्नाका विद्यार्थीलाई नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसी) को तालिम दिन सुरु गरेको छ । ७९ दिने तालिममा खाली हात ड्रिल, तेक्वान्दो, एरोबिक्स, खुकुरी ड्रिल, मास पिटी लगायतका अभ्यासहरु गराईने ईश्वरी बक्स गुल्म म्यालपोखरीका गुल्मपती वासुदेव पङ्गेनीले जानकारी दिए ।

नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जुनियर डिभिजन ४९औँ व्याचमा छनौट भएको विद्यालयमा सोमवार विद्यार्थीहरुलाई प्रथम प्रवचन समेत प्रदान गरिएको छ । गौरिशंकर र ज्ञान प्रकाश मावीमा भएका दुईओटा छुट्टाछुट्टै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले विद्यार्थिलाई अनुशासित, मर्यादित र ईमानदार बनाउन राष्ट्रले यस्ता किसिमका तालिमहरु सञ्चालन गर्दै आएको बताए । तालिमले बालबालिकाहरुलाई स्वःअनुशासनमा बाँध्न सिकाउने भन्दै उनले राष्ट्रलाई आपतविपद् पर्दा जनशक्ती प्रयोग गर्न सकिने बताए ।

तालिमका चरणहरु पार गर्दै जाँदा सर्वोत्कृष्ट हुनेलाई विदेशमा समेत तालिमको अवसर दिने गरिन्छ । खोज, राहत, उद्धार र प्राथामिक उपचारका सम्बन्धमा व्यवहारिक ज्ञान समेत प्राप्त हुने भएकाले अभिभावक र विद्यार्थीहरुको तालिममा आकर्षण बढेको छ । यस अँघी गौरिशंकर इङिलश बोर्डिङ्ग स्कुलका विद्यार्थी अभिषेक गैरे नवलपरासीको हात्तीखोर शिक्षालयबाट उत्कृष्ट भएका थिए । उनले भारतमा गएर थप तालिम लिने अवसर प्राप्त गरेका थिए ।

२०७३÷०७४ मा सन्धिखर्कको भगवती मावी संखेटारीबाट सुरुवात भएको एनसिसी तालिम अन्य पालिकामा विस्तार गर्न भने चुनौती देखिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) मुकुन्द रिजाल, सशस्त्र प्रहरी निरिक्षक दयाराम पौडेल, राष्ट्रिय अनुसन्धानका प्रहरी निरिक्षक खिमा पोख्रेल, विद्यालयका शिक्षक शिक्षिका, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?