अर्घाखाँचीमा पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध आज देखि खाेप लगाउन सुरू गरिएको छ ।
महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरु नभएकाेमा आज देखि पशुमा खोप लगाउन सुरु गरिएको हो । अर्घाखाँची जिल्लाका गाई, गोरुलाई लम्पी स्किनको खोप आज सन्धिखर्क देखि लगाउन सुरू गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले जनाएको छ ।
केन्द्रका प्रमुख पशु विकास अधिकृत बिष्णु पाैडेलले सुरुआतमा बजेट अभावमा खोप खरिद गर्न नसकिएको बताए । उनले भने, “अन्य रोगको खोप कार्यक्रम सञ्चालन भए पनि लम्कीका लागि बजेट र खोपको व्यवस्था थिएन । हाल आएर प्रदेश सरकारले व्यवस्था गरेर अनुसार खोप खरीद गरेर खोप कार्यक्रम सुरु गरेर लगाउन सुरू गरेको बताउदै महामारीकाे रूपमा फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरुले ठुलाे नाेक्सानी भएको बताउदै हाल आएर प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोपका बजेट विनियोजन गरेर जिल्लास्थित भेटेरिनरी अस्पतालमा पठाएको बताए ।
जिल्लामा हालसम्म १९३ बटा गाई गाेरू लम्पी स्किनबाट सङ्क्रमित भई मृत्यु भएको बताउदै भैँसी भने सङ्क्रमबाट नमरेकाे बताए । अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका, पाणिनि गाउँपालिका, छत्रदेव गाउँपालिका, सितगगा नगरपालिका लगायतका पालिकामा पशु सङ्क्रमित छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यबस्था मन्त्रालयका हुमाकान्त पाण्डेले लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग भएको बताउदै राेगलाई न्युनिकरण गरि किसानको लगानी लाई राज्यले सुनिश्चित गनुपर्ने बताए । लम्की सि्कम राेग लागेपछि लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गरेको पशु स्वास्थ्य प्राविधिकको भनाइ छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढ्न सक्ने बताउदै यसलाई निमुल पार्नुपर्ने बताए रोगबाट सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुनसक्ने पशु चिकित्सकले बताएका छन् ।
कार्यक्रममा अर्घा भगवती एग्रो फर्मका सञ्चालन कुशल बस्याल, बिज्ञ सल्लाहकार डा हलिकुला अलि लगायतका बक्ताले मन्तब्य राखेका थिए । कार्यक्रमकाे पुर्व सन्ध्यामा अन्तरक्रीया गरी पशु प्राविधिक सग सरसल्लाह समेत गरिएको थियोे । कार्यालय प्रमुख बिष्णु पाैडेलकाे अध्यक्षता राधा भुसालको स्वागत मन्तब्य र सुन्दर विककाे सञ्चालनमा सम्पन्न कार्यक्रममा पशु प्राविधिक लगायतको सहभागीता रहेको थियोे ।












