दाङ्ग ।
नेपाल ज्योतिष परिषद् दाङ् जिल्लाको साधारणसभा आज सम्पन्न भएको छ। दाङको घोराही, गुलरियामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
नेपाल ज्योतिष परिषद् दाङ् जिल्लाका अध्यक्ष तथा उपप्राध्यापक ज्यो. कपिलदेव सुबेदीको अध्यक्षता ,नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचिब प्रा.डा. अर्जुनप्रसाद भट्टराईको प्रमुख आतिथ्य एवं नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष मेघराज आचार्यको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वर्तमान समयमा ज्योतिषको महत्त्व र ज्योतिषीहरुले खेल्नुपर्ने भूमिकाका विषयमा व्यापक चर्चा समेत भएको थियो। दाङ जिल्ला आफैमा सस्कृत भाषा तथा सस्कृतिको उल्लेख्य भूमिसमेत भएकोले लुम्बिनी प्रदेशलाई नै पुर्वीय ज्ञानका रुपमा विकाश गर्दै लैजानुपर्ने धारणा कार्यक्रममा बोल्ने बक्ताहरुले राखेका थिए। आज सम्पन्न कार्यक्रममा आर्थिक प्रतिवेदन जिल्ला कोषाध्यक्ष ज्यो. नारायणप्रसाद आचार्यले प्रस्तुत गरेका थिए।
आज सम्पन्न साधारणसभा कार्यक्रममा दाङ जिल्ला कार्यसमितिका पदाधिकारीहरु,लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी एवं ज्योतिषानुरागी विद्वत् वर्गको उल्लेख्य उपस्थिति रहेको थियो। ज्योतिष परिषद् दाङ जिल्लाका उपाध्यक्ष ज्यो.धनप्रसाद शर्माको स्वागत मन्तव्य एवं जिल्ला सचिब अर्जुनकुमार आचार्यको स्वागत मन्तव्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।