वेस्टर्न मेघा कलजेका विद्यार्थीलाई मानसिक स्वास्थ्यसम्बन्धि तालिम

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहामा रहेको वेस्टर्न मेघा कलजेका विद्यार्थीलाई मानसिक स्वास्थ्यको अवस्था पहिचान एवं निराकरण सम्बन्धि तालिम प्रदान गरिएको छ ।

कलेजले कलेजमा बि.एच.एम. अध्ययन गर्ने विद्यार्थीलाई यो तालिम प्रदान गरेको हो । विश्वभर विशेषत युवाहरुमा नैराश्यता, छिटो रिसाउने, सानो सानो कुरामा तनाव लिने र मनोरोग लगायतका समस्या देखिन थालेकाले यी समस्या कसरी पहिचान गर्ने र समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीलाई तालिम प्रदान गरिएको कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले बताए ।

आईतबार आयोजना गरिएको तालिममा समस्याको पहिचान तथा निराकरणको विषयमा चिक्तिसा मनोबिद डा.अन्जनकुमार ढकालले प्रशिक्षण गरेका थिए । उनले युवामा देखिने मानसिक स्वास्थ्य समस्या पहिचान गरी निराकरणको उपाय बताउन सकेमात्रै पनि आकस्मिक रुपमा हुने मानसिक दुर्घटनाबाट युवालाई बचाउन सकिने बताएका थिए।

कलेजमा मानसिक स्वास्थ्यको अवस्था पहिचान र समाधानको उपायबारे तीन चरणमा प्रशिक्षणको कार्यक्रम तय गरिएको र यो पहिलो चरणको कार्यक्रम भएको प्राचार्य शर्माको भनाई छ ।

वेस्टर्न मेगा कलेजले विद्यार्थीहरुको शैक्षिक गतिबिधिमा मात्रै नभई उनीहरुको स्वास्थ्य, समाजिक उत्तरदायित्व वहन, प्रयोगात्मक सिकाई, इभेन्ट म्यानेजमेन्ट एवं साहसिक भर्मणहरुमा पनि उत्तिकै ध्यान दिईएको र यसले उनीहरुको क्षेमतामा चौतर्फी विकास हुने खालको शिक्षा विधि प्रयोगमा ल्याईएको प्रचार्य शर्माले बताए ।

कलेजका अतिरिक्त कृयाकलाप प्रमुख सौगात लामिछानेको संयोजनमा भएको तालिम कार्यक्रममा कलेजमा कार्यरत शिक्षक कर्मचारी, विद्यार्थीले उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कलेजमा स्नातक तहमा बि.एच.एम र स्नाकोत्तर तहमा एम.बि.ए. अध्ययन हुने र वर्ष २०८० को लागि भर्ना खुलेको कलेजले जानकारी गराएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?