सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

काठमाण्डाै । झन्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।

पछिल्लोपटक हिजो सरकारी कर्मचारीसहित थप छ जना पक्राउ परेका हुन् । हिजो पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका छन् । राजस्व अनुसन्धान विभागका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् । यस्तै, भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पनि पक्राउ परेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान गर्न आइतवार उच्च अदालत पाटनले छ दिनको म्याद दिएको छ ।  यसअघि सुन बरामद भएकै दिन गएको बुधवार पक्राउ परेका छ जनामाथि १० दिन र बिहीवार पक्राउ परेका चार जनामाथि नौ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

नौ दिन म्याद थप भएकाहरूमा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् । १० दिन म्याद लिएर अनुसन्धान भैरहेकाहरुमा सुन बरामद भएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन्।

साउन ३ गते बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएका बेला राजश्व अनुसन्धान विभागले भन्सार कार्यालय अगाडिबाट झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?