बुटवलका डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न सिफारिस

रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीत कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालय समक्ष सिफारिस गरिएको हो ।

केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रुपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको प्रहरी प्रधान कार्यालयको छानबिन टोलीले ठहर गरेको छ ।

उनको छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । डीएसपी केसीलाई फौजदारी कसुर अर्न्तगत छानबिन गर्न सिफारिस गरे पनि शक्तिको आडमा आन्तरिक छानबिन मात्र भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसके पनि गृह मन्त्रालयबाट थप निर्णयबारे जानकारी नआएको बताइएको छ ।

डीएसपी केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार रुपैयाँ नगदसहित सीआईबीको टोलीले पक्राउ गरेको थियो । शक्तिको आडमा बुटवलमा गलत धन्दा चलाइरहेको आरोप लाग्दै आएका केसी बुटवलबाट कास्की सरुवा भएका थिए । रमाना लिएर कास्की जानुभन्दा एक दिनअघि उनी सुन र नगद रकमसहित पक्राउ परेका थिए । पक्राउ परे लगत्तै उनी निलम्बनमा परेका थिए । –कान्तिपुर

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?