इजरायलमा विरोधकाबीच न्यायिक प्रणाली परिमार्जन गर्ने विधेयक पारित

एजेन्सी । विवाद र आलोचनाबीच इजरायलको संसद्ले न्यायालयको शक्ति सङ्कुचन गर्ने कानुन पारित गरेको छ ।

अब इजरायली सरकारले गरेको निर्णय अदालतले उल्टाउन सक्ने छैन । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो प्रस्ताव संसद्को बहुमतबाट पारित गराएका हुन् ।

अन्तिम समयसम्म पनि प्रतिपक्षी दलसहित प्रबुद्ध व्यक्ति समूहले विरोध गरेको थियो । प्रस्ताव संसदमा मतदानमा लैजाने तयारी गरेसँगै त्यसको विरोधमा जेरूसेलममा १०औं हजार मानिसले प्रदर्शन गरेका थिए । प्रतिपक्षी दलले यो कानुन पारित भएसँगै इजरायली लोकतन्त्र जोखिममा परेको प्रतिक्रिया दिएको छ ।

सरकारले भने अदालतले बारम्बार सरकारको निर्णयमा भाँजो हाल्ने र हस्तक्षेप गर्ने कामलाई बढावा दिएकाले कानुन अत्यावश्यक रहेको तर्क गरेको छ । यो कानुन पारित भएसँगै इजरायलका राष्ट्रपतिले देश अब सङ्कटकालतर्फ अग्रसर भएको बताउनुभएको छ । कानुनको इजरायलका रिजर्भ फोर्स, हवाई सेना लगायतले पनि विरोध जनाएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?