बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनालाई उद्धार गरिएको छ ।
बुटवल–११ का मिनबहादुर गाहा र बुटवल १४ कैलाशनगरका जनक घर्तीलाई उद्धार गरिएको हो । गाहा तिनाउ नदीमा दाउरा खोज्न र घर्ती दानव नदीमा माछा मार्न गएको बेला बाढीमा फसेका थिए । बाढीमा फसेका उनिहरुलाई प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको प्रयासमा उद्धार गरिएको हो ।
तिनाउ नदीमा बाढीको जोखिम बढेकाले दाउरा खोज्न, माछा मार्न र खोला आसपासका क्षेत्रमा नजान पनि उपमहानगरपालिकाले आग्रह गरेको छ ।













