सधै जसाे सुनसान हुने पोर्चुगलको राजधानी लिस्बोन स्थित आरोस चोक आज भोलि NRNA को चुनाब सगै भरिन थालेको छ । चोक गल्ली होटेल क्याफेहरुमा चुनाबी गफहरु चर्किदै छ । त्यसै क्रममा उपाध्यक्षको उम्मेदवार जय शम्भु अर्थात राज गुरुङको घाेषणासंगै अरु उपाध्यक्षको निदभोक हराएको छ ।
आखिर को हुन त जय शम्भु ?
लमजुङ जिल्लामा जन्मेका जय शम्बु लमजुङ समाजको बरिष्ठ उपाध्यक्ष मात्रै हैन ३/४ हजार गुरुङहरुको बाहुल्य भएको गुरुङ समाजको कोषाध्यक्ष पनि हुन । लिस्बोनबाट २० मिनेटको यात्रा पछि पुगिने ठाउमा उनको आफ्नै कृषि ब्याबसाय छ।
२/३ सय जनालाई जागिर लगाई सक्नु भएको जय सम्भुको क्रेज लिस्बोन भन्दा बाहिर तोरेसभेद्रासमा निक्कै छ । कसैलाई दुख पर्दा या खुसी हुदा उनकै नाम अगाडि आउँछ ।
समाजसेवा नै गरेर लाखै रुपया खर्च गरिसकेको जय सम्भुको उमेदवार घोषणसंगै एक जना नेपाली भन्छन “मैले त कल्पना पनि गरेको थिईन उहाँले दिनु हुन्छ भनेर मेरो जिल्लाको दाईने नि उपाध्यक्षमा नाम दिनु भको थियो अघि फोन गरेर उहाँ गुरुङले उम्मेदवार दिनु भए छ म फिर्ता लिन्छु भन्दै हुनुहुन्थो”












