स्वर्गीय ईश्वरीप्रसाद भुसालको दाेस्राे स्मृतिमा सन्धिखर्क ८ काे जनता कृष्ण माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका पुर्व प्रधनाध्यापक तथा वडा अध्यक्ष समेत रहेका स्वर्गीय भुसालको काेराेनाका कारण मृत्युु भएको थियोे ।
नेकपा एमाले सन्धिखर्क ८ ले स्वर्गीय भुसालले ३४ बर्ष अध्यापन गराएको विद्यालयमा वृक्षारोपण कार्यक्रमकाे आयोजना गरेको हाे ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र क्षेत्रीले मन्तब्य राख्दै स्वर्गीय भुसालले समाजसेवा, शिक्षा, राजनीति तथा सबै क्षेत्रमा पुराएकाे याेगदान अतुलनीय रहेको बताए ।
स्वर्गीय भुसालका छोरा जुन भुसाले दोश्रो स्मृतिमा नेकपा एमाले वडा कमिटीले कार्यक्रम राखेकोमा धन्यवाद दिदै बुबा बाट हुन्न बाही रहेका काम पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने तथा जनताको सुखदुःखमा सगसगै रहने बताए ।
कार्यक्रममा स्वर्गीय भुसालकी श्रीमती जयकला भुसाल ,छोरी शिला भुसाल मरासिनी , छोरा जुन भुसाल, सन्धिखर्क नगरपालिकाका उप प्रमुख मिश्रा आचार्य, एमालेका नेताहरु जनार्दन खनाल , सरोज भुसाल ,श्रीकृष्ण भुसाल, बिष्णुमाया आचार्य , नारायण प्रसाद अर्याल , दिपा आचार्य , देवि थापा,कमला खनाल भण्डारी ,जनक बस्याल, प्रभा पोख्रेल ,पार्वता श्रेष्ठ ,पवित्रा बन्जाडे, मनकला भुसाल लगायतको उपस्थिति रहेको थियोे ।













