नाइजरमा असन्तुष्ट सेनाको ‘कु’ : संविधान विघटन गरी शासन सत्ता सम्हालेको घोषणा

एजेन्सी । अफ्रिकी देश नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गरी देशको शासन सत्ता आफूहरुले सम्हालेको घोषणा गरेका छन् ।

सेनाले संविधान विघटन गरी सबै सङ्घसंस्था निलम्बनको घोषणा गरेको छ । त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाका बन्द गरिएको छ । अब आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले देशको दैनिक कामकाज चलाउने अमाडोले बताए ।

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिजोदेखि असन्तुष्ट सेनाले कब्जामा लिएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई फोन गरी उनको पक्षमा समर्थन व्यक्त गरेकाे बीबीसीले जनाएको छ।

त्यस्तै, राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गरी पूर्ण सहयोगको प्रस्ताव गरेको खबरमा उल्लेख छ । अफ्रिकी युनियनले पनि सैन्य ‘कु’ को विरोध गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी मानिएका बाजुम चुनावमा विजयी भएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?