काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीको सातदिने भ्रमण सकेर शुक्रबार बिहान स्वदेश फर्किँदै छन्।
संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टू’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही साउन ६ गते त्यसतर्फ गएका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गरेका थिए । रोममा रहँदा उनले बङ्गलादेशी समकक्षी शेख हसिनासँग भेटेका थिए।
यो क्रममा उनीहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो । उनीहरूबीच कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।













