प्रधानमन्त्रीलाई षडयन्त्र गरेर प्राप्त गरेको कुर्ची प्यारो भयाे : सांसद घिमिरे

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई षडयन्त्र, छलछाम, धोका बैमानी गरेर प्राप्त गरेको कुर्ची प्यारो लागेको बताएका छन्।

शुक्रबार प्रदेश सभाको बैठकको बिशेष समयमा बोल्दै उनले भारतले जारी गरेको बृहत भारतको नक्साबारे प्रधानमन्त्री प्रचण्डले कुर्ची ढल्छकी भन्ने डरले नबोलेको बताएका छन् । भारत भ्रमणका क्रममा उनले नक्साबारे कुनै कुरा नगरेको भन्दै आक्रोस पोखे । उनले भने, “प्रधानमन्त्रीलाई आफ्नो कुर्सीको रक्षामा चिन्ता भो । उहाँले भारतसंग त्यो बिषयमा कुरा उठाउन सक्नु भएन्, देशका जनताको भावनालाई उहाँले त्यहाँ राख्न सक्नु भएन् । उहाँले भन्नु भो मिडिया कर्मीहरुलाई भारत रिसाउछ भनेर मैलै यो मुद्धा उठाईन” उनले थपे, “प्रधानमन्त्रीलाई त षडयन्त्र, छलछाम, धोका बैमानी गरेर प्राप्त गरेको कुर्ची प्यारो लाग्यो, राष्ट्रको माया लागेन”

सांसद घिमिरेले उक्त बिषयमा प्रदेश सरकार समेत किन मौन बस्यो भन्दै प्रश्न समेत गरे । उनले तत्कालिन समयमा उक्त बिषयमा सांसदहरुले कुरा उठाउछन्, भनेर नियोजित ढङ्गले प्रदेश सभाको बैठक समेत नराखीएको आरोप लगाए । उनले भने “हाम्रा आवाजहरु त्यो बेलामा उठ्न नदिनको निम्ती योजनाबद्ध ढंगले सरकारको निर्देशनमा यो प्रदेश सभाको बैठक पनि स्थगन गरीयो लामो समयसम्म र त्यो बिषयलाई उठाउन दिईएन् । जुनबेले प्रतिनिधिसभामा त्यो बिषय गर्मागर्मी ढंगले उठीरहेको थियो त्यो बेलामा लुम्बिनी प्रदेशको बैठक स्थगन गरेर छलफल गर्नबाट रोक्ने काम गरीयो ।”

उनले भारतको हेपाहा प्रवृत्ति र बिस्तारबादको बिरुद्ध प्रदेशसभाको विशेष वैठक बसी खेद प्रस्ताव पारित गर्न माग गरे । उनले सरकारभन्दा माथि राष्ट्र र राष्ट्रियता हुने भन्दै यसो गर्न नसक्ने सरकार राष्ट्र र जनताको निम्ती अविसाप हुने जिकीर गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?