back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

आजकाे माैसम : यी चार प्रदेशमा भारी वर्षा हुने

spot_img

काठमाडौं । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहप् स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ।

सोमवार राति देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाले मेघगर्जन, चट्याङसहित भारी वर्षाका कारण हुन सक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोप, जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाइ यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन सुझाव दिएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?