काठमाडौं ।
सरकारले संघीय शिक्षा ऐन संसदमा पेस गर्ने भएको छ । उक्त ऐनलाई संसदमा पेस गर्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारकी प्रवक्ता समेत रहेकी उनले भनिन्,‘मन्त्रिपरिषद् बैठकबाट शिक्षा विधेयक स्वीकृति भएको छ । अब संसदमा दर्ता हुन्छ ।’
अब आउन लागेको नयाँ शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखापरेका तमाम समस्याहरूको समाधान गर्ने अनुमान गरिएको छ।












