छाडा चाैपाया व्यवस्थापन कहिले र कसले गर्ने ?

मानीसहरूकाे चाप र सवारीसाधनहरू भिडमा ब्यस्त बनेकाे बुटवल पछिल्लाे समय छाडा पशु चाैपायाकाे कारण झन ब्यस्त बन्दै छ । सडकमा पशुहरूकाे भिड देख्दा लाग्छ, ति पशुहरू हाम्राे व्यवस्थापन गर भन्दै सडक हडताल गरीरहेका छन् ।

छाडा पशुचाैपायाका कारण सडक अब्यवस्थीत मात्र बनेकाे छैन, फाेहाेर, कुरूप र असुरक्षीत समेत बन्दै गएकाे छ । स्थानीय निकायले पशु चौपाया व्यवस्थापनमा ध्यान नदिँदा सडक दुर्घटना पनि बढ्दै छ । बुटवल उपमहानगरपालिका-५ राधाकृष्णपथ बस्ने हलिम खाँन सडकमा रहेको चाैपायका कारण स्कुटर दुर्घटनामा परे । दुर्घटनाबाट उनलाइ समान्य चाेट लाग्याे । खाँन जस्तै दिनमा कैयाैं मानिसहरू सवारी दुर्घटनामा पर्छन । जसका कारण मानिस तथा पशुचाैपाया दुबैकाे अंगभंग हुने तथा मृत्यु हुनेसम्म भएकाे हुन्छ ।

छाडा चाैपायका कारण कृषक, ब्यापारी, पदैलयात्री, सवारीसाधन लगायतले सास्ती भाेग्नु परिरहेकाे छ । हुलका हुल छाडा चौपाया सडकमा हुने गरेकाले बढी दुर्घटना हुने गरेको छ । किसानले लखेटेका चौपाया जङ्गली जनावरबाट बच्न सडकमा आउने र त्यसले सवारी दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरीहरू बताउछन् । छाडा चाैपायाका कारण कृषकहरूका बालिहरू समेत जाेगाउन मुस्कील छ । पछिल्लाे समय फैलिइरहेकाे लम्पी स्किन राेग पनि छाडा चाैपायाकै कारण बढ्दाे रूपमा फैलदैछ ।

यी सबै मानिसलाइ पर्ने समस्या हुन् भने पशु चाैपायलाइ पर्ने समस्या पनि कम छैनन् । दुर्घटना पर्दा मानिस मात्र घाइते हुदैनन् पशुपनि घाइते भइरहेका हुन्छन्, तर उपचार पाउदैनन् । भाेक लाग्दा खान पाउदैनन्, बिभिन्न राेगकाे उपचार पाउदैन र अकालमा ज्यान गुमाउछन् । स्थानीयकाे धरपकड सहनुपर्ने बाध्यता पनि उस्तै छ । यी पशुको पिडा कसले र कहिले बझ्ने ?

स्थानीय जनप्रतिनिधि भने छाडा पशु चौपायाको समस्या समाधानका लागि जिम्मेवार भएकाे देखिदैन । याे केवल राजनैतिक एजेण्डा मात्र बनेकाे स्थानीयकाे गुनासाे छ । यसकाे अर्थ काेषिस नै नगरेका भने हाेइनन्, स्थानीय तहले छाडा पशु चौपाया व्यवस्थापनका नाममा करोडौँ रकम खर्च गर्दासमेत समस्या समाधान भएको छैन । यसकाे व्यवस्थापन कहिले र कसले गर्ने हाे थाहा छैन् ।

बुटवल उपमहानगरपालिकाले छाडा चौपायालाई नियन्त्रण गर्ने भन्दै “छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७५” निर्माण गरेकाे छ । जसमा चौपाया छोड्ने पशुधनीहरुलाई आवश्यक कारवाही स्वरुप प्रति पटक प्रति चौपाया २ हजार रुपैयाँ सम्म वडा समितिले दण्ड जरिवाना तोकेको छ । साथै पटक पटक कारवाही गर्दा पनि अटेर गरेमा वा तोकेको जरीवाना नवुझाएमा उपमहानगरपालिकाबाट पाउने सेवा सुविधा कटौटी गर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ । तर यसकाे कार्यान्वयन फितलाे छ ।

यो समस्या बुटवलमा मात्र नभइ देशका अधिकांस सहरहरूको पनि हाे । यस तर्फबेलैमा ध्यान पुर्याउन नसके जनधनकाे क्षतीकाे भयाबह स्थीति हुनसक्छ । अत: यसकाे समाधानका लागि सबै पालिकाले साझा धारणा बनाउनु आवश्यक देखिन्छ । एउटा पालिकाले मात्र पशु चौपाया नियन्त्रण गर्न जति प्रयास गरे पनि त्यो सार्थक हुदैन, सबै स्थानीय तहहरूले संयुक्त काम गरे मात्रै यसको दिगो व्यवस्थापन हुन सक्दछ । यस तर्फ सम्बन्धित निकायकाे बेलैमा ध्यान पुगाेस् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?