माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ।

काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा विहान ११ बजे सुरु हुने बैठकमा ३ सय ८५ केन्द्रीय सदस्य, १ सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १ सय पदाधिकारी तथा विभिन्न आयोगका ७५ जना गरी ७ सय ५८ जना सहभागी हुने पार्टीले जनाएको छ।

बैठकमा महासचिव देवप्रसाद गुरुङले बैठकको एजेन्डा तथा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ । पाँच दिनसम्म चल्ने बैठकमा सबै केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमा धारणा राख्न पाउनेछन्।

बैठकको प्रत्यक्ष प्रसारण अध्यक्ष दाहालको फेसबुक पेजबाट गर्ने निर्णय गरेको पदाधिकारी बैठकले गरेको छ। यो निर्णयप्रति कतिपय केन्द्रीय सदस्यहरूले आपत्ति जनाएपछि आज बिहान बस्ने स्थायी समिति बैठकले अन्तिम निर्णय लिने पार्टीले जनाएको छ।

१३ महिनापछि बस्न लागेको बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट, सङ्गठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विधान तथा विशेष महाधिवेशन, सरकार र सदनलगायत विषयमा छलफल हुने जनाइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?