काठमाडौँ । सिंहदरबारमा बिहिवार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ।
वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की भोलि (यही साउन १९ गते)बाट अनिवार्य अवकाशमा जाने भएकाले बैठकले नयाँ प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको हो।
उनी हालसम्ममा न्यायाधीशहरुमा बरिष्ठतम थिए । बरिष्ठतमलाई नै कायम गर्दै बैठकले नाम सिफारिस गरेको हो । नेपालको संविधान २०७२ को धारा २८४ को उपधारा ३ अनुसार प्रधानन्यायाधीशको अवकास हुनुभन्दा एक महिना अघि नै सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि यसपटक भने नयाँ नियुक्ति सिफारिसमा ढिलाई भएको छ।












