बुटवल । बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन सुरु भएको छ ।
बिश्व ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा सुरु भएको सम्मेलनलाई कार्यक्रमका प्रमुख अतिथि डा. श्रीकृष्ण अधिकारीले उद्घाटन गरेका हुन् । सम्मेलनमा देश तथा बिदेशका हिन्दु धर्म अनुयायीहरुको उपस्थिति रहेको छ । सम्मेलनमा धर्म,ज्योतिष तथा वास्तु सम्बन्धि विविध विषयमा छलफल हुने छ ।
सम्मेलन आज र भोलि गरी २ दिन सम्म संचालन हुनेछ ।