विद्यार्थीलाई शैक्षिक तथा सरसफाई सामाग्री वितरण

 अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्वर ३ मा अध्ययनरत गरिब, असहाय र अति विपन्न विद्यार्थीलाई शैक्षिक तथा सरसफाई सामाग्री वितरण गरिएको छ ।
पहिलो पाइला नेपालले भुमिकास्थान गरपालिका वडा नम्वर ३ मा रहेको सिद्धार्थ आधारभुत विद्यालय र शंकर जनसेवा आधारभुत विद्यालयमा अध्ययनरत १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ शैक्षिक तथा सरसफाई सामाग्री वितरण गरेको सस्थाका बुटबल शाखा उपाध्यक्ष तथा कार्यक्रम संयाेजक सन्तोष बन्जाडेले बताउनुभयो ।
शैक्षिक तथा सरसफाइ सामाग्री वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले सामुदायिक विद्यालयहरुमा खस्कदै गरेको शिक्षाको गुणस्तर बृद्धि गर्न शिक्षक, अभिभावक, जन प्रतिनिधि तथा सबै सरोकारवालाहरु लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइराला, पहिलो पाइला नेपालका केन्द्रिय महासचिव विनोद महत, भुमिकास्थान नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, नगरपालिकाका शिक्षा शाखा प्रमुख तुपलाल सापकोटा, समाजसेवी बाबुराम बन्जाडे, अन्नपूर्ण माविका शिक्षक सुवास चन्द्र बन्जाडे, सिद्धार्थ आधारभुत विद्यालयका प्रधनाध्यापक खेमराज भाट, शंकर जनसेवा आधारभुत विद्यालयका प्रधनाध्यापक शालिकराम खनाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, शिक्षक अभिभावक संघका बालकृष्ण पाण्डे, सस्थाका बुटबल शाखाका उपाध्यक्ष तथा कार्यक्रम संयाेजक  सन्तोष बन्जाडे लगायतले मन्तब्य राखेका थिए ।
भाग्य बोक्ने झोला वितरण कार्यक्रम पहिलो पाइला नेपालका बुटवल शाखा अध्यक्ष विनोद बस्यालको अध्यक्षता, सचिव राजन अधिकारीको सञ्चालन र नरेश न्यौपानेको स्वागत मन्तब्य र सन्ताेष  केसीकाे  धन्यवाद मन्तब्यमा सम्पन्न  भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?