back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

नढाेगेकाे निहुँमा घनश्यामकाे हत्या गर्ने दुई पक्राउ

spot_img

सल्यान । सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बागचौर नगरपालिका ७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बागचौर नगरपालिका ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र सोही ठाउँका २३ वर्षीय सन्तोष ओली रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कुटपिट गरी फरार भएका सन्तोषलाई दाङ्ग तुलसीपुर उपमहानगरपालिका १२ रझेना र केशरलाई बागचौर नगरपालिका ९ मौरीघारे परिलेखमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

यही कात्तिक ४ गते दिउँसो बागचौर नगरपालिका ७ स्थित उपकार आधारभूत विद्यालयको खेल मैदानमा भलिबल खेल्न जम्मा भइरहेको अवस्थामा केशर ओली र शंकर ओलीले मादक पदार्थ सेवन गरी खुट्टा ढोग्न लगाउँदा घनश्यामले नमानेपछि मराणासन्न हुने गरी कुटपिट गरेका थिए।

घाइते घनश्यामको भारतको नानपारामा उपचारका क्रममा बुधबार ८ गते मृत्यु भएको थियो। दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?