काठमाडौं । ओमानको इनिङ्स सम्हालिरहेका कप्तान जिसन मक्सुदलाई नेपालका अविनाश बोहराले आउट गरेका छन् ।
नेपालले एकपछि अर्को विकेट लिइरहँदा कप्तान मक्सुदले आयन खानसँग मिलेर साझेदारी बढाइरहेका थिए । तर सन्दीप लामिछानेले आयनलाई आउट गरेपछि साझेदारी टुटेको अर्को ओभरमै मक्सुद आउट भए ।
तीन छक्का र एक चौका प्रहार गर्दै २६ बलमा ३२ रन जोडेका मक्सुदलाई बोहराले विकेट किपर आसिफ शेखबाट आउट गराए । जारी प्रतियोगितामा बोहराको यो आठौं विकेट हो ।
उनी सर्वाधिक विकेट लिने सूचीको पहिलो नम्बरमा छन् ।












