back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

डोटीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

spot_img

धनगढी । डोटीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

आज बिहान साढे २ बजे धनगढीबाट  बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो गाडी डोटीको शिखर नगरपालिका-६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरी कोइरालाका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको हो।

दुर्घटनामा परी बाजुराको हिमाली गाउँपालिका-५ की २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, धनशोभाकी ६ वर्षीय छोरा  कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मल्लको मृत्यु भएको एसपी कोइरालाले जानकारी दिए।

बिमला मलाल गम्भीर घाइते छिन्। उनीसँगै थप पाँच जना घाइते भएको एसपी कोइरालाले जानकारी दिए। घाइतेहरूमा हिमाली गाउँपालिका- ५ बस्ने ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राजबहादुर मलाल छन्।

उनीहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको एसपी कोइरालाले जानकारी दिए।

गाडीका चालक बाजुराको गौमुल गाउँपालिका-४ काडाकोटका २९ ‍वर्षीय महेश बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?