back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

बुर्तिवाङ राइजिङ युवा क्लवको कोजाग्रत पुर्णिमा मेला सम्पन्न

spot_img

बागलुङ । बागलुङ बुर्तिवाङ राइजिङ युवा क्लवको कोजाग्रत पुर्णिमा मेलाको शनिबार समापन गरिएको छ ।

ढोरपाटन नगरपालिका १ बुर्तिवाङ स्थित क्लवको २१ औँ वार्षिकोत्सवको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुँवरले बुर्तिवाङ राइजिङ युवा क्लवले खेलकुद र कला सस्कृतिको संरक्षण गर्न मेलाले सहयोग पुर्‍याएको बताए ।

No description available.

साथै उनले यस क्षेत्रलाई खेल क्षेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन राइजिङ युवा क्लवको महत्त्वपूर्ण भुमिका रहेको भन्दै प्रदेश सभा सदस्य कुँवरले पुर्णिामा मेलाले सबैलाई एकताबद्ध बनाएको बताए। उनले यस क्षेत्रको बृद्वि विकासमा आफू सधै तत्पर रहि रहने र निरन्तर लागि पर्ने बताए ।

साथै समापनको अवसरमा गण्डकी प्रदेश सभाका पुर्व सदस्य खिम विक्रम शाहीले खेलकुद र कलाकारिताको क्षेत्रको वृद्वि विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै पूर्णिमा मेलाको अवसरमा खुल्ला वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता तर्फ निसीखोला गाउँपालिका १ हर्पे बागलुङले नगद १ लाख ११ हजार १ सय ११ रूपैयाँ सहित ट«फी, मेडल र सम्मान पत्र सहित प्रथम पुरस्कारको उपाधी हात पारेको थियो, भने निसीखोला गाउँपालिका २ जुग्जाखोला बागलुङले नगद ७१ हजार १ सय ११ रूपैयाँ सहित ट«फी, मेडल र सम्मान पत्र सहित द्वितीय पुरस्कारको उपाधी हात पारेको थियो ।

त्यस्तै खुल्ला महिला वडा स्तरीय भलिबल प्रतियोगिता तर्फ गलकोट नगरपालिका १० बागलुङले नगद ४१ हजार १ सय ११ रूपैयाँ सहित ट«फी,मेडल र सम्मान पत्र सहित प्रथम पुरस्कारको उपाधी हात पारेको थियो, भने तमानखोला गाउँपालिका ५ बागलुङले नगद २५ हजार १ सय ११ रूपैयाँ सहित ट«फी, मेडल र सम्मान पत्र सहित द्वितीय पुरस्कारको उपाधी हात पारेको थियो ।

सोही अवसरमा सामुहिक खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ उत्तरगगा माध्यमिक विद्यालय ढोरपाटन नगरपालिका १ बागलुङ प्रथम, द रिदमिक स्क्वायर डान्स एकेडेमी गलकोट बागलुङ द्वितीय भएको छ । त्यस्तै पुरूष तथा महिला छेलो प्रतियोगिता, दोहोरी गित प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन भएका थिए ।

No description available.

साथै खेलकुद तथा सांस्कृतिक मेलाको समापन समारोहमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुती रहेको थियो । बुर्तिवाङ राइजिङ युवा क्लव ढोरपाटन नगरपालिका १ बागलुङका अध्यक्ष मिथुन विश्वकर्माको अध्यक्षता तथा युवा समाजसेवी हुम बहादुर विकको स्वागत मन्तव्यसगै शुरू भएको कार्यक्रमको सञ्चालनमा भने कलाकार अञ्चल शाहीले गरेका थिए । गत कार्तिक १२ गते देखि शुरू भएको कार्यक्रमको शनिबार समापन गरीएको हो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?