back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

ओमानविरूद्ध गुल्सन झाको अर्धशतक

spot_img

काठमाडाैँ । आइसिसी टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालका मध्यक्रमका ब्याट्सम्यान गुल्सन झाले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा गुल्सनले २० बलमा अर्धशतक प्रहार गरे। उनले अर्धशतक प्रहार गर्न ५ चौका र ४ छक्का हिर्काए। उनले अर्धशतक पूरा गर्दा नेपालले १६ ओभरमा ४ विकेटको क्षतिमा १२७ रन जोडेको छ।

उनले पाँचौ विकेटका लागि कप्तान रोहित पौडेलसँग अर्धशतकीय साझेदारी गरिसकेका छन्। गुल्सन दशौं ‍ओभरमा कुशल मल्ल ३ रनमा आउट भएपछि मैदान छिरेका थिए। मल्ल आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६० रन जोडेको थियो।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ८ ओभर नसकिदै महत्वपूर्ण ३ विकेट गुमायो। ओपनिङ ब्याटर आसिफ शेख तेस्रो ओभरमा विलाल खानको बलमा ६ रनमा क्याच भए।

सातौं ओभरमा सन्दीप जोरा १० रनमा जीशन मक्सुदबाट बोल्ड भए। आठौं ओभरको पहिलो बलमा नेपालले ओपनर कुशल भुर्तेललाई ३१ रनमा गुमायो। अकिब इल्यासको बलमा क्याच हुनुअघि उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

दुवै टिमले यसअघि सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिका हुने टी-२० विश्वकपमा स्थान पक्का गरेका थिए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?