ओमानविरूद्ध गुल्सन झाको अर्धशतक

काठमाडाैँ । आइसिसी टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालका मध्यक्रमका ब्याट्सम्यान गुल्सन झाले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा गुल्सनले २० बलमा अर्धशतक प्रहार गरे। उनले अर्धशतक प्रहार गर्न ५ चौका र ४ छक्का हिर्काए। उनले अर्धशतक पूरा गर्दा नेपालले १६ ओभरमा ४ विकेटको क्षतिमा १२७ रन जोडेको छ।

उनले पाँचौ विकेटका लागि कप्तान रोहित पौडेलसँग अर्धशतकीय साझेदारी गरिसकेका छन्। गुल्सन दशौं ‍ओभरमा कुशल मल्ल ३ रनमा आउट भएपछि मैदान छिरेका थिए। मल्ल आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६० रन जोडेको थियो।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ८ ओभर नसकिदै महत्वपूर्ण ३ विकेट गुमायो। ओपनिङ ब्याटर आसिफ शेख तेस्रो ओभरमा विलाल खानको बलमा ६ रनमा क्याच भए।

सातौं ओभरमा सन्दीप जोरा १० रनमा जीशन मक्सुदबाट बोल्ड भए। आठौं ओभरको पहिलो बलमा नेपालले ओपनर कुशल भुर्तेललाई ३१ रनमा गुमायो। अकिब इल्यासको बलमा क्याच हुनुअघि उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

दुवै टिमले यसअघि सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिका हुने टी-२० विश्वकपमा स्थान पक्का गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?