फाइनलमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको फाइनल खेलमा नेपालले ओमानलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।नेपालका लागि गुल्सन झाले ५४ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित ५२ रन बनाएका थिए । उनले ३७ बलमा दुई छक्का र पाँच चौका हिर्काए । त्यसअघि उनले केवल ३६ बलमा अर्धसतक पुरा गरेका हुन् ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि ३१ रनको योगदान गरे । तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले टोलीको खातामा १० रन थपे । करण केसीले अविजित अविजित २० रन जोडे । उनले ६ बलमा दुई छक्का र एक चौका हिर्काए । ओमानका बलर बिलाल खानले तीन विकेट लिए । अकिब इलियसले पनि दुई विकेट हात पारे । जिसन मक्सुदले एक विकेट लिए ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ ६ बलमा एक छक्काको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए । उनलाई ओमानका बलर बिलाल खानले कश्यप प्रजापतीद्वारा क्याच गराएका थिए । २.४ ओभरमा पहिलो विकेट गुमाउँदा नेपालले १५ रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोरालाई गुमाएको थियो । उनी १३ बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई ओमानका बलर जिसन मक्सुद बोल्ड गरेका थिए । ६।१ ओभरमा दोस्रो विकेट गुमाउँदा नेपाली टोलीले ४७ रन बनाएको थियो ।

तेस्रो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल ३१ रन बनाउँदै आउट भएका थिए । उनले २२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनलाई ओमानका बलर अकिब इलियसले मेहरान खानद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ७।१ ओभरमा तीन विकेट गुमाएर ४९ रन बनाएको थियो ।

चौथो विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो । उनी नौ बलमा तीन रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई ओमानका बलर अकिब इलियसले प्रतिक अथावालेलेद्वारा क्याच गराएका थिए ।  उनी आउट हुँदा नेपालले १० ओभरमा चार विकेट गुमाएर ६० रन बनाएको थियो ।

पाँचौँ विकेटका रुपमा नेपालले गुल्सन झालाई गुमाएको थियो । उनले टोलीका लागि ५४ रनको महत्वपूणर् योगदान गरेका थिए । उनले २५ बलको सामना गरी चार छक्का र पाँच चौका प्रहार गरेका थिए । त्यसअघि उनले २० बलमा अर्धसतक पुरा गरेका थिए ।

६० बलमा चौथो विकेट गुमाएको नेपालको स्कोरलाई कप्तान रोहित पौडेल र गुल्सन झाले एक सय ३८ रनको स्थितिमा पुर्‍याएका थिए । गुल्सनलाई ओमानका बलर बिलाल खानले सकिल अहमदद्वारा क्याच गराएका थिए ।

 छैठौँ विकेटका रुपमा नेपालले बिवेक यादबलाई एक रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियाे । उनलाई ओमानका बलर बिलाल खानले आउट गराएका थिए । बिलालले आफ्नो बलिङमा बिवेकको क्याच आफैले लिएका थिए । बिवेक आउट हुँदा नेपालले १८.२ ओभरमा एक सय ५२ रन बनाएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?