भैरहवा मेडिकल कलेजकी प्रिन्सिपल लक्ष्मी पाठक पदमुक्त

काठमाडौं । भैरहवास्थित युनिर्भसल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अन्ततः कलेजकी प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

कलेजकी प्रिन्सिपल प्राध्यापक डा. पाठकलाई पदमुक्त गर्नेसहित ६ बुंदे सहमति भएपछि विद्यार्थीहरूले ‘सर्टको गोजी र कुर्था सुरुवाल’को माग राख्दै आएको आन्दोलन पनि फिर्ता लिएका छन्।

ड्रेस कोर्ड (पोशाक) कलेजले लागू गर्ने सूचना जारी भएपछि त्यहाँ कार्यरत विद्यार्थीहरूले छात्रको सर्टमा गोजी हुनुपर्ने र छात्राको हकमा पाइन्ट सर्टको सट्टा कुर्ता सुरुवाल हुनेपर्ने माग प्रिन्सिपल पाठक सामु राखेका थिए।

तर, विद्यार्थीमाझ ‘नझुक्ने’ बताउँदै प्रिन्सिपल पाठकले जारी सूचनालाई जसरी पनि कार्यान्वयन गर्ने भन्दै अड्डी कसेपछि स्थिति बिग्रिएको थियो। कलेजभित्र प्रहरी र विद्यार्थीहरू बीच झडपको स्थितिसमेत बनेको थियो।

पछि कलेजकी प्रिन्सिपल पाठकको राजीनामालाई मुख्य शर्त बनाएर विद्यार्थीहरू आन्दोलित भएका थिए।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार पीएसले विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीसंग सहमति भई विद्यार्थीका माग सम्बोधन गरिएकाले आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुचारु हुने जानकारी गराएका छन्।

आन्दोलनरत विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत कक्ष, प्राचार्य कक्ष, सह–प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए।

विद्यार्थीहरूले प्रिन्सिपल पाठकलाई ५ दिनसम्म बन्धक समेत बनाएका थिए । पछि प्रशासनले प्रिन्सिपल पाठकलाई बन्धक अवस्थाबाट मुक्त गरेको थियो।

प्रिन्सिपल पाठकले भने राजीनामा नदिने अडान लिंदै आएकी थिइन्। जसले गर्दा आन्दोलन एक महिनासम्म लम्बिएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?