अर्घाखाँची । अर्घाखाँचीमा हत्या गरी फरार रहेका एक जना २० वर्षपछि प्रहरीकाे फन्दामा परेका छन् ।
२०६० साल फागुन १३ गते शितगंगा नगरपालिका ८ चरिंगेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गामका केशलाल घर्तीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताए।
रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्वर ३ बाहिरी गाममा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।
मृतक घर्तीलाई एकान्त स्थानमा रहेको घरमा कोही नभएको अवस्थामा डरत्रास देखाएर पैसा माग्दा नदिएपछि हत्या गरेका थिए । अर्घाखाँची जिल्ला अदालतबाट मयाद थप गरी अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।