गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा प्रथम मेयरकप अन्तरपालिका भलिबल प्रतियोगिता शुरु भएको छ । मुसिकोट नगरपालिकाको आयोजनामा वडा नं ४ अन्तर्गत ग्वादीकाचौरमा याे प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा दश टाेलीको सहभागिता रहेको छ । बुधवारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेल मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाबीच भएको थियो । दुई पालिकाबीच भएको खेलमा मुसिकोट नगरपालिकाले शून्यका विरुद्ध दुई सेटको अन्तरले रेसुङ्गालाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा बिहीवारको पहिलो खेल बाग्लुङकाे निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकाबीच सञ्चालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दीप खत्रीले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा कलाकारहरु उज्ज्वल गिरी, विष्णु श्रीपालीलगायतका कलाकारहरुकको प्रस्तुति समेत रहेको थियो ।