back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

सिरियास्थित इरानको हतियार भण्डारमा अमेरिकाको आक्रमण

spot_img

एजेन्सी । अमेरिकाले पूर्वी सिरियामा इरानको एक हतियार भण्डारमा आक्रमण गरेको छ। इरानको रेभोल्युसनरी गार्ड र इरान समर्थित समूहले प्रयोग गर्दै आएको हतियार भण्डारमा हवाइ आक्रमण गरेको पेन्टागनले जनाएको छ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी रक्षा बलविरुद्धको आक्रमणको जवाफमा लडाकु जहाज एफ–फिप्टिनद्वारा हतियार भण्डारमा आक्रमण गरिएको बताएका छन्। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण शुरु गरेयता अमेरिकाले मध्यपूर्वी देशमा इरान समर्थित लडाकुमाथि आक्रमण बढाएको छ।

यो बीचमा अमेरिकाले कम्तीमा ४० वटा बम खसालेको र ४५ जना हताहत भएको बताएको छ। यसैबीच यमनको हुथी विद्रोही समूहले अमेरिकी एमक्यू–९ रिपर लडाकु ड्रोन खसालिदिएको छ । समाचार एजेन्सी एएफपीका अनुसार रिमोर्टबाट चल्ने अमेरिकी लडाकु जहाजलाई हुथी समूहले यमनको तटीय क्षेत्रमा खसालेको हो।

यमनमा हुथी समूहले सन् २०१५ देखि विद्रोह जारी राखेको छ। पछिल्लो पटक हुथी समूहले हमाससँग मिलेर इजरायलविरुद्ध लड्ने चेतावनी दिँदै आएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?