सिरियास्थित इरानको हतियार भण्डारमा अमेरिकाको आक्रमण

एजेन्सी । अमेरिकाले पूर्वी सिरियामा इरानको एक हतियार भण्डारमा आक्रमण गरेको छ। इरानको रेभोल्युसनरी गार्ड र इरान समर्थित समूहले प्रयोग गर्दै आएको हतियार भण्डारमा हवाइ आक्रमण गरेको पेन्टागनले जनाएको छ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी रक्षा बलविरुद्धको आक्रमणको जवाफमा लडाकु जहाज एफ–फिप्टिनद्वारा हतियार भण्डारमा आक्रमण गरिएको बताएका छन्। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण शुरु गरेयता अमेरिकाले मध्यपूर्वी देशमा इरान समर्थित लडाकुमाथि आक्रमण बढाएको छ।

यो बीचमा अमेरिकाले कम्तीमा ४० वटा बम खसालेको र ४५ जना हताहत भएको बताएको छ। यसैबीच यमनको हुथी विद्रोही समूहले अमेरिकी एमक्यू–९ रिपर लडाकु ड्रोन खसालिदिएको छ । समाचार एजेन्सी एएफपीका अनुसार रिमोर्टबाट चल्ने अमेरिकी लडाकु जहाजलाई हुथी समूहले यमनको तटीय क्षेत्रमा खसालेको हो।

यमनमा हुथी समूहले सन् २०१५ देखि विद्रोह जारी राखेको छ। पछिल्लो पटक हुथी समूहले हमाससँग मिलेर इजरायलविरुद्ध लड्ने चेतावनी दिँदै आएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?