ढिकुराका स्थानियको गुनासो : ‘टालटुले बाटो सोहोरेर बजेटको दुरुपयोग भयो’

अर्घाखाँची । भुमिकास्थान नगरपालिका ९, ढिकुरामा बाटो नसोहोरिएको भन्दै व्यापक गुनासो आएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा ९ लाख रुपैंया सडक व्यवस्थित बनाउन बजेट छुट्टाईएको भएपनि हालसम्म सबै बाटो नसोहोरिएको र सोहोरिएका स्थानमा समेत आलटाले रुपमा सडक सोहोरिएको गुनासो गरेका छन् ।

अमुक एक दलको पार्टी कार्यालयमा बसेर एकलौटी समिति निर्माण गरिएको, दसैं जस्तो पर्वमा समेत बाटो नखुलाईदिएको, बाटो खुलाएका ठाउँमा समेत टालटुले काम गरेको भन्दै चौतारा, सलिनडाँडा लगायतका क्षेत्रका वासिन्दाले गुनासो गरेका हुन् । ‘टालटुले कामले हुँदैन, बाटो व्यवस्थित सोहोर्नु पर्छ, सलिनडाँडा निवासी मधुसुधन खनालले भने,‘सँधै यो समस्या आईपर्छ, यसपाली चुप बस्दैनौं ।’

समितिमा कुरा गर्दा गैरजिम्मेवार अभिव्यक्ती आएको त्यहाँका वासिन्दाले गुनासो गरेका छन् । बाटो थप व्यवस्थित तरिकाले सोहोर्नु पर्ने, समयमा सोहोर्नु पर्ने माग राख्दा उल्टै हप्काउने कार्य भएको उनिहरुको भनाई छ ।

यता समितिका अध्यक्ष दिपक चुँदालीले यो बेला सबैतिर काम चलिरहेकाले जेसिबी नपाईने, ड्राईभर मेलापर्व मनाउन जानुपर्ने, मौसमको समस्याले समयमा काम गर्न नसकिएको बताए । ‘पोहोर परार भन्दा यो वर्ष छिटो र उत्कृष्ट कार्य गरेका छौं, उनले भने,‘एकाद ठाँउमा त्यस्ता समस्या आएका छन्, काम गर्ने मान्छेले आरोप खेप्नु पर्दो रहेछ ।’ आफु जेसिबी लिएर जाँदा स्थानियले बाटो खन्न नदिएको उनले गुनासो गरे ।

यो विषयमा वडाध्यक्षले समन्वय गर्नुपर्नेमा समितिलाई जिम्मा दिएको भन्दै पन्छिने गरेका स्थानियको भनाई छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?