बीआरआई कार्यान्वयन गर्न स्थानीय अवस्था, संचार र क्षेत्रीय सरोकार महत्त्वपूर्ण : उप्रेती

एजेन्सी । वरिष्ठ राजनीतिज्ञ सोभित उप्रेतीले चीनको युनान प्रान्तमा आयोजित “शेयरिङ द एचिभमेन्ट अफ वेल्ट एन्ड रोड फोरम” मा सम्बोधन गरेका छन् ।

नेपालसहित एशियाका ११९ पार्टीका प्रतिनिधि सहभागी सो कार्यक्रममा उनले नेपालकातर्फबाट सम्बोधन गरेका हुन् ।

“मिडिया सिम्पोजियम” सत्रमा धारणा राख्दै उनले बीआरआईका लक्ष्य प्राप्त गर्न स्थानीय अवस्था, क्षेत्रीय देशहरुको विशेषता र सरोकारका आधारमा संचार रणनीति अपनाउनुपर्ने बताए ।

उनका अनुसार स्थानीय अवस्थाको कुरा गर्दा प्रत्येक क्षेत्रको अद्वितीय संस्कृति, आर्थिक र राजनीतिक पक्षहरुलाई ध्यान दिनुपर्नेछ । यी अवस्था ठाउँ अनुसार भिन्न हुन्छन् । स्थानीय जनतालाई बीआरआईका फाइदा र अवसरबारे बुझाउनु पर्दछ ।

यसका लागि संचार विधिको उपयोग अपरिहार्य छ । स्थानीय जनसंख्या मिल्दो अनुकुल दृष्टिकोण प्रयोग गर्नुपर्दछ । यसका लागि स्थानीय भाषा प्रयोग गर्ने, साँस्कृतिक परम्पराको सम्मान गर्ने, प्रत्येक क्षेत्रका मानिसको विशेष आवश्यकता र सरोकारलाई सम्बोधन गर्नुपर्दछ ।

त्यस्तै क्षेत्रीय देशहरुको चासोलाई स्वीकार गर्नुपर्ने विषय पनि उनले उठाएका छन् । क्षेत्रीय देशहरुका फरकफरक प्राथमिकता र आशंका हुन्छन । यी देशहरुसंग वार्तामा बस्न, उनीहरूको प्रतिकृया सुन्न र तीनिहरुका सरोकारलाई सम्बोधन गर्न हिच्किचाउन हुँदैन ।

कार्यक्रममा नेपालबाट उप्रेतीसहित पूर्व प्रधानमन्त्री माधव नेपाल, मन्त्री डा बेदुराम भुषाल र काँग्रेसका राजन केसी सहभागी थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?