अर्घाखाँची । नेपालीहरुको महान पर्व तिहारको अवसरमा आज धवन्तरि जयन्ती तथा यमपन्चको पहिलो दिन काग तिहारको अवसर पारेर काग सम्मेलन गरिने भएको छ ।
विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने भुवनेश्वर अधिकारीले काग सम्मेलन गर्न लागेका हुन् । उनले यो पटक सातौं काग सम्मेलन रहेको बताएका छन् ।
यस्तै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जले सोहि कार्यक्रम आज (शनिबार) बिहान ९ः१५ पछि प्रसारण गर्ने छ । सम्पुर्ण श्रोताले घरमै बसेर सुन्न पाइने छ ।
अन्य रेडियोले पनि कार्यक्रम प्रसारण गर्ने जनाएको छ ।












