back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

उर्लाबारी आगलागी अपडेट : मृतकको संख्या पाँच पुग्यो

spot_img

विराटनगर । मोरङको उर्लाबारीमा लक्ष्मी पूजाको रात एक सुन पसलमा आगलागी हुँदा नियन्त्रणका क्रममा घाइते भएका मध्ये पाँच जनाको मृत्यु भएको छ।

Workplace

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति राति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ४३ वर्षिय रामनरेश मरिताको मृत्यु भएको हो।

धनुषास्थित जानकीनन्दनी गाँउपालिका घरभएका मरिता आगलागी नियन्त्रणका क्रममा गम्भीर घाइते भएका थिए। उर्लाबारी नगरपालिकाको बरगाछीमा रहेको सुनचादीको पसलमा आगलागी भएको थियो।

सोही क्रममा घाइते भएर उपचारका लागि काठमाडौं ल्याइएका घरधनी ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए।

आगलागी नियन्त्रणका क्रममा ४ प्रहरीसहित २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?