सिनामंगलबाट बिदा हुँदा सबै भन्दा निरास अनुहार सेतो फुलेको कपाल अगाडि झरेको दाँत चाउरी परेको अनुहार अनि अन्तिम शब्द यही थियो “- नगाको भएनि हुनी जेठा नाति जानै पर्छ र ?” बुजुकाे अन्तिम याद यही थियो । मनमनै भन्दै थिए सुनको दाँत हाल्ने पैसा लिएर आउँछु नि तर अह पटक्कै मनबाटै फुलेन । “२ वर्ष पछि त फर्किन्छु त के को पिर लिएको भनेर सम्झाए तर त्यो २ वर्ष कहिले आएन ।
बुजु म आएको वर्ष देखि बिरामी पर्न थाल्नु भयो । काका ठुलोबाउले धेरै गर्नु भो कहिले झ्याक्री कहिले महँगो हस्पिटल अनेक गर्नु भो । कहिले नहार्ने मेरो बुजुले आखिर रोगको अगाडि हार्नु भयो । बा बाहिरको कामले घर कहिले काहीँ आउनु हुन्थ्यो । मम्मीसंग भन्दा म बुजुसँगै हुर्के बच्चामा उहाँको काखमा टाउको राख्दा म सन्सारकै बढी आन्नन्द महसुस गर्थे । मम्मीले लट्ठीले लखेट्दा म बुजुको पछाडि गएर लुक्थे, सोच्थे ससारको सबै भन्दा सुरक्षित ठाउँ हो । बुजु अगेनाको ढिलमा बसेर कथाहरू सुनाउनु हुन्थ्यो । तेहि कथा म कहिले काहीँ यहाँको सानुसानु बच्चाहरूलाई सुनाउँछु ।
६ छोरा २ छोरी जन्माउनु भयो सबैलाई पढाउनु भयो राम्रो राम्रो ठाउमा पुराउनु भयो तर उहाँ कहिले आफ्नु खुसिको लागि जिउनु भएन कहिले छोराछोरीको खुसिको लागि त कहिले नातिनातिनाको खुसिको लागि बाच्नु भयो । काकाहरुको सुबिधा सम्पन्न ठाउमा राख्ने कोसिस धेरै गर्दा पनि उहाँ मान्नु भएन गगनचुम्बी महल भन्दा गाउकै भिरपाखानै प्यारो लाग्यो तल्लो तलाबाट माथिल्लो तला जान लिफ्ट भन्दा आफ्नै खुट्टाको विश्वास लाग्यो, उहालाई ।
बाजुलाई उहाँको भाषामा हर्बल चकलेट अर्थात हल्स सारै मन पर्थ्यो बच्चामा स्कुलबाट घर आउँदा म हल्स किनेर म बुजुलाई दिन्थे । उहाँ खुसीले गाला मसार्नु हुन्थ्यो आज बुझ्दै छु ।बुजु दमको बिरामी हुनुहुन्थ्यो सास फेर्न सजिलोको लागि खानु हुदोरैछ । आज पनि कुनै पसलमा जाने बितिक्कै हल्स देख्ने बितिक्कै सम्झना आइहाल्छ बुजुलाई लगिदिन पाए कति खुसी हुन्थ्यो होला । काकाले कहिले हङकङबाट त कहिले काठमाडौँबाट प्राय पैसा उठाइराख्नु हुन्थ्यो । पैसा बुजुले ब्याजमा दिनु हुन्थ्यो र ब्याजबाट आएको ५/१० रुपैयाँ मलाई दिनु हुन्थ्यो त्यो ५/१० रुपैयाँले स्कुलभरि पाटी गर्थे । घरमा अझै पनि ठूलो आँपको रूख छ २ वर्षमा १ पल्ट मात्रै फल्ने आँप फल्ने बेला भन्दा पाक्ने बेला बुजु प्राय आगँनको डिलमा बस्नु हुन्थ्यो धेरै हिस्सा सम्झना छ बुजुसग ४/५ घन्टाको फुपुको घर हिनेर पुग्ने बुजु बिस्तारै बिरामी पर्नु भयो, पुरानो कुराहरू भुल्न थाल्नु भयो, मान्छे चिन्न छाडनु भयो तर पनि मेरो नाम कहिले भुल्नु भएन रे अन्तिम समयसम्म यादगार गुमेपछिनी ।
मैले फोन गर्दा एउटै कुरा भन्नु हुन्थ्यो “बेलुका घर आइज है जेठा” म टाउको हल्लाउँदै हुन्छ भन्थे तर मैले कहिले सोचिनँ मेरो बुजु पनि बित्नु हुन्छ भनेर नजिक हुँदा त्यति सम्झना नआए पनि टाढा हुँदा धेरै सम्झना आउने रैछ आज पनि अनुहार मलिन छ, खाना खाऊ जस्तो अझै लागेको छैन । नजिककै टेबुलमा बुजुको फोटो छ । सानू बत्ती पिलपिल गर्दै बलेको छ अनि बुजुको फोटोसँगै २/३ प्याकेट हल्स राखेको छु । मेरो बुजुलाई जतै भएनी सास फेर्न गारो नहोस है भनेर…













