नेपालको नाका र विमानस्थलमा झट्ट हेर्दा यो देशमा युद्ध भैरहेको छ मान्छेहरु हतारहतारमा भागी रहेका छन् किनकि उनीहरू हतासमा देखिन्छन् परिवार विछोड अनुहारमा झल्किन्छ बिदेश जानेहरूको आँसु र पसिनाले समुद्र बन्ने थियोे ।
नेपाल अत्यन्तै सम्भावना बोकेको देश हो प्रकृति र सम्पदाका हिसाबले यो देश यो अवस्थामा रहनुपर्ने होइन ।हिमाल ,पहाड ,तराई प्रकृतिको अनुपम उपहारको छ जस्तोसुकै कृषि उपचको उत्पादन हुनसक्ने मौसम छ ।साथै बिश्वको अग्लो शिखर सगरमाथा ,पशुपति ,लुम्बिनी जस्तो बिश्वमा बेच्न सकिने अनेक छन् तर त्यहाँ आउन कुनै भरपर्दो पुर्वाधार र प्रचार गर्न सकेका छैनौं ।
कुनै पनि देश बनाउने सरकार भन्ने चिजले होइन प्रत्येक नागरिकले हो तर नागरिक भागेका छन् उनीहरूले अभिभावक पाएका छैनन् ।एउटा युवा ब्यबसाय गर्छु भन्दा राज्यका अनेक झन्झटिला नीतिले त्यसलाई कम्पनी दर्ता गर्न दिन्न गरि हाले उसको पेशाको कुनै सुरक्षा छैन ।अनुदान नामका लुट्ने पैसा नेताका कार्यकर्ताको खल्तीमा जान्छ ।अनुगमन गर्न आउनेसँग सेटिङ्ग मिलाएर छिमेकीका बाख्रा र कृषि देखाएर पैसा खान्छन् तर वास्तविक कतै शक्ति नपुग्ने युवाले पाउदैन नागरिक भागाएका छन् ।
नेपाल समाजको चरीत्र : एकजना बिदेश जाने ५-६ जनाको परिवार उसैको पैसा माथि निर्भर हुने ।गाउँको घर छोड्ने साग ,सब्जीसम्म किनेर खाने बिदेश जानेको पैसा घर खर्चमै सकिन्छ ।एउटाले जे गरो अर्कोले त्यहीँ गर्ने ,लगाउने ,खाने र पसल खोल्नेसम्म अनि उपभोक्ता पनि उदारो पाए जतिपनी खाने डुबाउने ।
समाजवाद आउन पनि पुजीवाद पुर्णरुपमा विकसित भएको हुनुपर्छ केहि नकमाएका दलाल पुजीपतीको सम्पत्ति जोडेर पुजीवाद भनेर डम्फू बजाएका छन् नेपाली अर्थतन्त्र पुर्ण रूपमा सिमित दलालको कब्जामा छ ।कृषिमा आधुनिकीकरण गर्न मेसिन औजार किन्न भौतिक विकासको लागी पुजीको आवश्यकता पर्दछ ।सिमित ब्यापारीले बजार कब्जा गरेर चिनी ,आलू ,प्याज लुकाएर किर्तिम अभाव खडा गरेर लुटेका छन् तर त्यहाँ राज्य भन्ने देखिदैन किनकि ती ब्यापारीले धेरै नागरिकबाट लुटेको थोरै उनीहरूलाई बुझाउन्छन।अपराधी राज्यले संरक्षण गरेको छ ।राज्यले सानो उद्योगीलाई संरक्षण गर्ने कुनै नीति छैन थोरै पुजी हुने पनि सिधै दलाल पुजीपतीसँग प्रतिस्पर्धा गर्नुपर्छ एउटा ठुलो ब्यापारीले २-३महिना उदारो दिनसक्छ भने सानो त्यो सक्दैन यस्तो अवस्थामा नयाँ टिक्न गाह्रो हुन्छ ।बजारको मुल्य खुल्ला अर्थतन्त्र हुँदा माग र पूर्तिको आधारमा हुनुपर्नेमा सिमित दलालको हातमा छ ।सानो पुजीमा एउटा युवाले गाउँमा उत्पादन गरेर कसरी आउँदा जादा गाडी भाडा खान बसेको खर्च कटाएर बचत गर्न सक्छ ?त्यसैले उत्पादन गर्ने मान्छेलाई बजारीकरणको जिम्मा स्थानीय सरकारले लिनुपर्छ ।न्युनतम मुल्य तोकेर बिक्री नभएको उत्पादन किन्नुपर्छ अनि मात्रै युवा देशमा बस्न सक्छ ।
घरमा पनि अभिभावकले समान व्यबहार गरे मात्रा त्यो परिवार अनुशासन र समुहमा बस्नसक्छ तर अभिभावकनै समान व्यबहार गर्दैन भने त्यो परिवार हुँदैन ।राज्यले नागरिकलाई दिनुपर्ने अधिकारमा समानता दिएको छैन जसले सरकार चलाएको छ उनीहरूको हालीमुहाली छ कुनै राजपरिवारको भन्दा कम छैन जीवनशैली नागरिक लुटेर उनीहरू मोटाएका छन् ।जब नागरिकले समान व्यबहार पाउदैनन् संगठित हुनसके बिद्रोह गर्छन् संगठित हुननसके भाग्छन ।एकताबद्ध हुने हो भने श्रीलंकामा जस्तै हुन्छ एकलाएक्लै हुने हो भने नेपालमा जस्तो भाग्ने भन्दा अरु उपाय हुँदैन ।
कुनै पनि देश बन्न एउटा पुस्ताले धेरै दुख गर्नैपर्छ कुनै बिदेशीले आएर बनाउने त होइन फलानो गयो म किन बस्ने भन्ने प्रतिस्पर्धा पनि उत्तिकै छ यसरी मान्छे रित्तिदै जाने हो भने कुनै पसल खोले किनेर खाने मान्छे नहुने समस्या जरजर हुदैछ ।कुनै विद्यालयमा खराब भएको छ भने आवाज उठाउने मान्छे नहुने ,खानेपानी लगायत अन्य बिकासको क्षेत्रमा भएका अनियमितताको प्रश्न उठाउने कसले ?अब केहि खराब नेता, उनीहरूका कार्यकर्ता र दलाल ब्यापारी भन्दा अरु देशमा बस्न लायक भएन ।तर युवाहरू यस्ता विकृतिलाई चिरेर आफैं नेतृत्वमा पुग्ने हिम्मत नराखेसम्म यो ओराली यात्रा रोकिन्न कि त म बन्न परो देश जेसुकै होस् भन्नुपरो नत्र यस्ता विकृतिसँग नजुध्ने हो भने यति सुन्दर देश यी पापीहरुले सक्नेछन् ।












