मन्त्रिपरिषद्को सहमतिसँगै गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो

पर्वत । आर्थिक अभावका कारण अलपत्र अवस्थामा रहेको चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बाटो खुलेको छ।

भरतपुर उपमहानगरपालिकाको कार्यालयका अनुसार गत मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ।

भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरेको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई उद्धृत गर्दै महानगरपालिकाले बताएको छ।

महानगरपालिकासँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भइसकेको थियो। तर भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने देखिएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लागत अनुमान बनाउँदा एक अर्ब रुपैयाँ लाग्ने देखिएकोले यसअघिको सहमतिअनुसार बजेट सुनिश्चित गर्न प्रदेश सरकारलाई प्रस्ताव पठाइसकेको बताएकी छिन्।

पहिलो चरणमा खेल मैदान र पारपिट लगायतका काम सकेर खेल खेल्न मिल्ने बनाइने उनको भनाइ छ। लागत तयार गर्दा पहिलो चरणमा एक अर्बको काम गर्नै पर्ने देखिएकाले ७० करोड रुपैयाँ प्रदेश सरकारलाई व्यवस्था गर्न भनिएको र ३० करोड रुपैयाँ महानगरपालिकाको कार्यालयले बेहोर्ने पनि दाहालले बताएकी छिन्।

चन्दा उठाएर रंगशाला निर्माण शुरु गरेको धुर्मुस सुन्तली फाउण्डेसनले १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो। त्यसयता रङ्गशाला अलपत्र अवस्थामा छ। अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेको छ। नेपाल सरकारले गौतम बुद्ध क्रिकेट रंगशालासहित तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?