लुम्बिनी प्रदेश समन्वय परिषद् कतारकाे स्थापना दिवसमा रक्तदान

दोहा, कतार । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । परिषद्को छैटौं स्थापना दिवसको अवसरमा नेपाली रक्तदाता संघ, कतारको समन्वयमा कतारको सरकारी अस्पताल हमाद अस्पतालमा “बृहत् रक्तदान कार्यक्रम-२०२४” सम्पन्न भएको हो ।

“रक्तदान जीवनदान, जीवनदान महादान“ भन्ने मूल मन्त्रलाई अंगीकार गर्दै रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आयोजित कार्यक्रममा एक सय ४२ जनाको उपस्थिति रहे पनि ३५ जनाले मात्र रक्तदान गरेको परिषद्का कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईले जानकारी दिए ।

बिहान ८ बजेबाट मध्याह्न १ बजेसम्म चलेको कार्यक्रममा कतारमा स्थापित नेपाली संघसंस्थाका प्रमुख, सामाजिक अभियन्ता लगायतको उपस्थिति रहेको थियो । यस्तै परिषद्ले रक्तदाताहरुलाई कदर पत्रले सम्मानसमेत गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?