फस्ट बेञ्चर खरदार भए, लास्ट बेञ्चर म मुख्यमन्त्री भएँ : केदार कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले एक सामुदायिक विद्यालयमा दिएको अभिव्यक्ति भाइरल बनेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको साजिलाल माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोहमा उनले विद्यालय तथा स्कुलका ट्यालेन्ट विद्यार्थी (फस्ट बेन्चर)हरू खरदार भएको तर आफू लास्ट बेञ्चर भएपनि मुख्यमन्त्री बनेको दाबी गरेका थिए ।

म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ।

उनले गरेको यो भाषणको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । दुई दिनअघि भाषण गरेको उनले भनेका थिए, ‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ।’

कक्षा कोठामा दिइने ज्ञान विभिन्न किसिमको हुने उनले बताएका छन् । प्रमाणपत्रमा दिइएको अंकले मात्रै ज्ञानको मापन नहुने उनको भनाइ छ । ‘सर्टिफिकेटलाई मात्रै ध्यान दिएर यति नम्बर, यति अंक ल्याएर पास ग¥यो भन्ने कुराले मात्रै ज्ञान आर्जन गर्न सक्दैन’, उनले भाषणमा भनेका छन्, ‘सर्टिफिकेट ज्ञान आर्जनको मापन हुन्थ्यो भने चाणक्यको अर्थशास्त्रको नियम फेल हुन्थ्यो ।’

उनले अर्थशास्त्र पढ्ने विद्यार्थीले चाणक्यको अर्थशास्त्र नपढी डिग्री हासिल गर्न नसक्ने बताए । ‘चाणक्यले  कुन विश्व विद्यालयमा पीएचडी गरेका थिए ? मलाई देखाइदिनुस्’, उनले विद्यार्थीलाई प्रश्न समेत गरेका छन् । मुख्यमन्त्रीले गरेको भाषणप्रति विद्यार्थीले समर्थनमा हुटिङ लगाएको सार्वजनिक भिडियोमा देखिन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?