back to top
IPL 2025
IPL 2024
२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार
IPL 2025
spot_img

क्षमताभन्दा बढी यात्रु हाल्दा उदयपुरमा जीप दुर्घटना : मृत्यु हुने आठ पुगे, सबैको सनाखत

spot_img

काठमाडौँ । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुबाहक जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ।

मृत्यु हुनेमा इटहरी ९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका २ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी ५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी ५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए। किशन राईको उपचारका क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ।

धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को १ ज २५९३ नम्बरको जीप आज बिहान १०:३० बजेतिर उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो।
जीपमा क्षमताभन्दा बढी यात्रु सवार रहेकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ।

 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?