पत्रकार पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा

पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ ।

अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ ।

पुस्तकको हार्डकभर र पेपरब्याक दुबै निशुल्क होम डेलिभरीको व्यवस्था रहेको छ । पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ईबुकमा समेत उपलब्ध रहेको छ । नेपालमा काठमाडौंमा रहेको मण्डला बुक प्वाइन्टमा उपलब्ध छ भने किताब यात्रामार्फत होम डेलिभरीको समेत व्यवस्था रहेको छ । भावनाहरु सर्वब्यापी हुन्छन् तर अनुवाद गर्न नसकिने हुन्छन् भन्ने ट्यागलाइन सहितको यो पुस्तक ३ सय पेजको रहेको छ ।

पुस्तकमा कुनै पनि बिपत्तिमा आशा र धैर्यतालाई कायम राखेमा त्यस्ता विपत्तिको सामना गर्न सकिने सन्देश दिइएको छ । २०७२ सालको भूकम्पमा आधारित पुस्तकमा भूकम्पमा संयोगले बाँच्‍न सफल भएकाहरु, भूकम्पका पीडित, भूकम्पपछिको उद्धार र राहतमा खटिनेहरु, महाभूकम्पमा संचारकर्ममा खटिएकाहरु, उपचारमा खटिएकाहरु लगायतका भावना र अनुभवहरुलाई पुस्तकमा समेटिएको छ ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीस खिलराज रेग्मी, पुस्तकका पात्रहरु नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल र अमेरिका निवासी व्यवसायी लोक तिवारीले पुस्तकको लोकार्पण गरेका थिए । भावना व्यक्त गर्ने कुनै उपयुक्त भाषा नहुने भएकाले पुस्तकको शीर्षकले उक्त मर्मलाई बोक्न सफल भएको मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले बताए ।

यो पुस्तकको नेपाल संस्करण नमस्ते इन्टरनेशनल मिडिया ग्रुपले प्रकाशन गरेको हो भने अन्तर्राष्ट्रिय संस्करण नमस्ते मिडिया इन्क न्युयोर्कले प्रकाशन गरेको हो । खसोखासका प्रधानसम्पादक समेत रहेका पन्थीका यसअघि जिरो माइल र कम्पन नामका दुई पुस्तकहरु प्रकाशित छन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी प्राप्त गरेका पन्थीले अमेरिकी राष्ट्रपति जो बाइडेनबाट हस्ताक्षरित लाइफटाइम अचिभमेन्ट अवार्ड समेत पाइसकेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?