back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

अर्घाखाँची प्रिमियर लिग क्रिकेट माघ १ देखि

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा माघ १ गते देखि पाँचौं संस्करणको अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता हुने भएको छ।

सन्धिखर्कस्थित टुँडिखेलमा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको अर्घाखाँची क्रिकेट संघले जनाएको छ। मैदानमा सरसफाइ, पिचको तयारी र अन्य अफिसियल तयारी सकिएको अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए।

प्रतियोगितामा सुपर सुपा ईलेभेन, सौजन्य समाज किमडाँडा, ईलेभेन ब्रदर्स डिभर्ना र रोयल सन्धिखर्क गरी चार टिमको सहभागिता रहने छ। प्रतियोगिताको विजेताले नगद १ लाख तथा उपविजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

साथै, प्रतियोगितामा म्यान अफ द म्याच, बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट, बेस्ट बलर अफ द टुर्नामेन्ट, ईमर्जिङ्ग प्लेयर अफ द टुर्नामेन्ट, अलराउन्डर प्लेयर अफ द टुर्नामेन्टका लागी पनि नगद र प्रमाणपत्र प्रदान गरिने छ।

खेललाई रोमाञ्चक बनाउन अन्य विधाहरूमा पनि पुरस्कार राशिहरू घोषण गरिएको छ।

शतक प्रहार गर्ने प्रत्येक खेलाडीलाई नगद १० हजार, अर्ध शतक प्रहार गर्ने प्रत्येक खेलाडीलाई ५ हजार, लगातार ६ छक्का प्रहार गर्ने खेलाडीलाई ६ हजार, लगातार ६ चौका प्रहार गर्ने खेलाडीलाई ४ हजार, ह्याट्रिक विकेट लिने खेलाडीलाई ३ हजार, एक खेलमा १० वा त्यो भन्दा बढी छक्का प्रहार गर्ने खेलाडीलाई ५ हजार र दर्शक दीर्घामा क्याच गर्ने दर्शकलाई नगद ५ सय दिइने आयोजकले जनाएको छ।

पहाडी जिल्लाहरूमध्ये अर्घाखाँचीमा क्रिकेटको क्रेज बढ्दो छ। अर्घाखाँचीबाट सौरभ खनाल, विक्रम भुसाल, देव खनाल, उत्तम थापा मगर लगायतले राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।

मैदानको अभाव र बजेटको अपर्याप्तताबिच विभिन्न क्रिकेट प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्। एपिएल जस्ता ठुला प्रतियोगिताहरू समेत निजी क्षेत्रको सहयोगले चलेका छन्। स्थानीय सरकारहरूले खेलमा योगदान गरेको देखिदैंन।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?