अर्घाखाँची प्रिमियर लिग क्रिकेट माघ १ देखि

अर्घाखाँची । अर्घाखाँचीमा माघ १ गते देखि पाँचौं संस्करणको अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता हुने भएको छ।

सन्धिखर्कस्थित टुँडिखेलमा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको अर्घाखाँची क्रिकेट संघले जनाएको छ। मैदानमा सरसफाइ, पिचको तयारी र अन्य अफिसियल तयारी सकिएको अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए।

प्रतियोगितामा सुपर सुपा ईलेभेन, सौजन्य समाज किमडाँडा, ईलेभेन ब्रदर्स डिभर्ना र रोयल सन्धिखर्क गरी चार टिमको सहभागिता रहने छ। प्रतियोगिताको विजेताले नगद १ लाख तथा उपविजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

साथै, प्रतियोगितामा म्यान अफ द म्याच, बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट, बेस्ट बलर अफ द टुर्नामेन्ट, ईमर्जिङ्ग प्लेयर अफ द टुर्नामेन्ट, अलराउन्डर प्लेयर अफ द टुर्नामेन्टका लागी पनि नगद र प्रमाणपत्र प्रदान गरिने छ।

खेललाई रोमाञ्चक बनाउन अन्य विधाहरूमा पनि पुरस्कार राशिहरू घोषण गरिएको छ।

शतक प्रहार गर्ने प्रत्येक खेलाडीलाई नगद १० हजार, अर्ध शतक प्रहार गर्ने प्रत्येक खेलाडीलाई ५ हजार, लगातार ६ छक्का प्रहार गर्ने खेलाडीलाई ६ हजार, लगातार ६ चौका प्रहार गर्ने खेलाडीलाई ४ हजार, ह्याट्रिक विकेट लिने खेलाडीलाई ३ हजार, एक खेलमा १० वा त्यो भन्दा बढी छक्का प्रहार गर्ने खेलाडीलाई ५ हजार र दर्शक दीर्घामा क्याच गर्ने दर्शकलाई नगद ५ सय दिइने आयोजकले जनाएको छ।

पहाडी जिल्लाहरूमध्ये अर्घाखाँचीमा क्रिकेटको क्रेज बढ्दो छ। अर्घाखाँचीबाट सौरभ खनाल, विक्रम भुसाल, देव खनाल, उत्तम थापा मगर लगायतले राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।

मैदानको अभाव र बजेटको अपर्याप्तताबिच विभिन्न क्रिकेट प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्। एपिएल जस्ता ठुला प्रतियोगिताहरू समेत निजी क्षेत्रको सहयोगले चलेका छन्। स्थानीय सरकारहरूले खेलमा योगदान गरेको देखिदैंन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?