back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

पीएम कप क्रिकेट : मधेशलाई हराउँदै बाग्मती ‘सुपर–फोर’ मा

spot_img

काठमाण्डाै । मधेश प्रदेशलाई ७ विकेटले हराउँदै बाग्मती प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा पुगेकाे छ ।

मधेशले दिएको ४१ रनको लक्ष्य बाग्मतीले ८० बलअघि नै ३ विकेट गुमाएर भेटायो । बाग्मतीकी यशु पाण्डेले १९ रन बनाइन् । मधेशकी रोजु कडरियाले २ विकेट लिइन् ।

यसअघि धनगढीकाे फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेश १५ ओभर ५ बलमा ४० रनमा अलआउट भयो । मधेशका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बाग्मतीकी कञ्चन श्रेष्ठले ४ विकेट लिइन् ।

योसँगै ‘सुपर–फोर’ समीकरण पूरा भएको छ । समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब पनि ‘सुपर–फाेर’ मा पुगेकाे छ । समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश ‘सुपर–फोर’ मा पुगेका छन् ।

‘सुपर–फोर’ मा एक समूहको टोलीले अर्काे समूहको टोलीसँग खेल्नेछन् । ‘सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?