पोर्तुगल, लिस्बोन । बिउटिसिएन नेपाल २०१७ की विजेता सुदा गुरुङ को नेतृत्वमा अब गुरुङ स्पा एन्ड सलोन मा विभिन्न प्रकारका बिउटिसिएन सम्बन्धी तालिम सञ्चालन हुने भएको छ।
लिस्बोनको नेपाली समुदायबीच सौन्दर्य सेवा र तालिमको माग बढ्दै गइरहेको अवस्थामा, गुरुङ स्पा एन्ड सलोनले सस्तो शुल्कमा स्तरीय तालिम प्रदान गर्ने योजना बनाएको हो। तालिम अन्तर्गत नेल केयर, मेनिक्योर-पेडिक्योर, हेयरकट लगायत महिला र पुरुष दुवैका लागि उपयुक्त विविध कोर्स समावेश गरिनेछ।
तालिम लिस्बोनस्थित नेपालीहरुको बाक्लो बस्ती रहेको Rua Penha de França, n220A मा सञ्चालन गरिनेछ। थप जानकारीका लागि +351920388593 मा सम्पर्क गर्न सकिनेछ।
नेपालमा सौन्दर्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी सुदा गुरुङले अब प्रवासमा रहेका नेपालीहरूलाई समेत आफ्नो सीप हस्तान्तरण गर्ने अवसर सिर्जना गरेकी छिन्।