पाणिनी सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री आउने, तयारी तीब्र

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकास्थित तपोभूमिमा हुने पाणिनी सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री केपि शर्मा ओलि पाणिनी आउने भएका छन । आगामी चैत्र २७ र २८ गते हुने पाणिनी सम्मेलनको उद्घाटन गर्न  प्रधानमन्त्री ओलि चैत २७ गते पाणिनी आउने भएका हुन । 

पाणिनी गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिसदको कार्यालय लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा आयोजना गरिन लागेको सम्मेलन ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पाणिनी तपोभूमिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले आज प्रधानमन्त्री ओलिसंग भेटेर निमन्त्रणा दिएका थिए । उनले भने “सम्मेलनको तयारी तिब्र पारिएको छ, प्रधानमन्त्री आउने कुरा टुङ्गिएको छ । उहाँ उद्घाटनमा आउने आश्वासन दिनु भएको छ ।”  सम्मेलनको  तयारी तिव्र पारिएको जानकारी गराउँदै स्थानीय तथा राष्ट्रिय स्तरका व्यक्तित्वहरू, विद्वान्, अनुसन्धानकर्ता तथा पर्यटकहरूको उल्लेख्य सहभागिता रहने बताए । साथै, सम्मेलनमा धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न छलफल, प्रस्तुति तथा कार्यपत्रहरू प्रस्तुत गरिनेछ।

प्रधानमन्त्रीको उपस्थितिसँगै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सरोकारवाला निकायका प्रमुखहरू तथा बुद्धिजीवीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनलाई प्रभावकारी बनाउन सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ भने स्थानीय समुदायलाई समेत तयारीमा सक्रिय रूपमा संलग्न गराइएको छ।

पाणिनी तपोभूमिलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सम्मेलनले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?