back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

पाणिनी सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री आउने, तयारी तीब्र

spot_img

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकास्थित तपोभूमिमा हुने पाणिनी सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री केपि शर्मा ओलि पाणिनी आउने भएका छन । आगामी चैत्र २७ र २८ गते हुने पाणिनी सम्मेलनको उद्घाटन गर्न  प्रधानमन्त्री ओलि चैत २७ गते पाणिनी आउने भएका हुन । 

पाणिनी गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिसदको कार्यालय लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा आयोजना गरिन लागेको सम्मेलन ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पाणिनी तपोभूमिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले आज प्रधानमन्त्री ओलिसंग भेटेर निमन्त्रणा दिएका थिए । उनले भने “सम्मेलनको तयारी तिब्र पारिएको छ, प्रधानमन्त्री आउने कुरा टुङ्गिएको छ । उहाँ उद्घाटनमा आउने आश्वासन दिनु भएको छ ।”  सम्मेलनको  तयारी तिव्र पारिएको जानकारी गराउँदै स्थानीय तथा राष्ट्रिय स्तरका व्यक्तित्वहरू, विद्वान्, अनुसन्धानकर्ता तथा पर्यटकहरूको उल्लेख्य सहभागिता रहने बताए । साथै, सम्मेलनमा धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न छलफल, प्रस्तुति तथा कार्यपत्रहरू प्रस्तुत गरिनेछ।

प्रधानमन्त्रीको उपस्थितिसँगै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सरोकारवाला निकायका प्रमुखहरू तथा बुद्धिजीवीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनलाई प्रभावकारी बनाउन सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ भने स्थानीय समुदायलाई समेत तयारीमा सक्रिय रूपमा संलग्न गराइएको छ।

पाणिनी तपोभूमिलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सम्मेलनले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?