back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

पाणिनि तपोभूमि सम्मेलनको तयारी अन्तिम चरणमा, मुख्यमन्त्री आचार्यद्वारा स्थलगत निरीक्षण

spot_img

अर्घाखाँची । संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको तपोभूमिमा हुन लागेको पाणिनि तपोभूमि सम्मेलन–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले सम्मेलन स्थलको स्थलगत निरीक्षण गरी तयारी अवस्थाबारे जानकारी लिएका हुन् । 

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका क्षेत्रलाई केन्द्रविन्दु बनाई सम्मेलन चैत २७ र २८ गते आयोजना गरिन लागेको सम्मेलनको पूर्वसन्ध्यामा मुख्यमन्त्री आचार्यसहित सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको टोलीले अवलोकन भ्रमण गरेको हो । स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व राख्ने पाणिनि तपोभूमिको समुचित व्यवस्थापन र प्रचारप्रसारमार्फत यस क्षेत्रलाई विश्वभर चिनाउन सम्मेलनले महत्वपूर्ण योगदान पु¥याउने बताए ।

उनले सम्मेलनको तयारीका क्रममा सुरक्षाको व्यवस्था, यातायात, आवास, खानेपानी, सरसफाइ, अतिथि स्वागत तथा कार्यक्रम सञ्चालनसम्बन्धी पक्षहरूबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई प्रभावकारी कार्यान्वयनको निर्देशनसमेत दिए ।

संस्कृत व्याकरणका पिता पाणिनिको तपोभूमिको पहिचान, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यटकीय विकास र व्यापकता सम्मेलनको उद्देश्य रहेको छ । स्थानीय तह, प्रदेश सरकार तथा पर्यटनसँग सम्बन्धित निकायहरूको संयुक्त आयोजनामा हुन लागेको उक्त सम्मेलनले पाणिनि क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?