नारायणघाट–बुटवल सडक खण्ड वैशाख १५ गतेसम्म रातको समयमा बन्द

काठमाण्डौ – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि हिजोदेखि रातको समयमा बन्द हुन थालेको छ । सडक विस्तार छिटो सम्पन्न गर्न रातको समयमा सडक बन्द गर्न लागिएको हो ।

नारायणघाट–बुटवल सडक आयोजनाका अनुसार दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । आउँदो वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा गाडी रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने आयोजनाले जनाएको छ । यसअघि चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।

सामान्य पानी परेको बेलामा पनि हिलो हुँदा यहाँको सडकमा गाडी सञ्चालनमा कठिनाइ हुने गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?