back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

नीति निर्माणदेखि सेवा प्रवाह र विकास निर्माणमा सबैको पहल आवश्यकः अध्यक्ष न्यौपाने

spot_img

हामीले पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेसंग उहाँको कार्यकालको अनुभव, चुनौती, अवसर र भावी योजना समेटिएको संक्षिप्त अन्तरवार्ता यहाँ प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, अध्यक्ष टेकराज न्यौपानसंग गरेको संक्षिप्त कुराकानी ।

१. पालिकालाई प्रदेश सरकार र संघ सरकारले हेर्ने दृष्टिकोण कस्तो छ?

संघ र प्रदेश सरकारको दृष्टिकोण सकारात्मक नै छ। वित्तिय हस्तान्तरण, क्षमत विकास, अनुगमन नीति निर्माणमा सरकारत्मक भएपनि, अपेक्षाअनुसार स्रोत र अधिकारको हस्तान्तरण भने पर्याप्त छैन। अझै स्थानीय तहलाई सशक्त र आत्मनिर्भर बनाउन संघ र प्रदेश सरकारबाट थप सहयोग आवश्यक देखिन्छ। साथै सरकार स्थायी हुने हो भने अपेक्षित सहयोग हुने देखिन्छ ।

२. पालिकालाई चलायमान बनाउन कस्ता खालका कानुन निर्माण गर्नु भएको छ? कानुन निर्माणको प्रक्रिया कस्तो छ? कानुन निर्माण गर्दा सरोकारवालासँग कत्तिको छलफल हुने गर्छ?

पालिकाले स्थानीय आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा नीति तथा नियमावली निर्माण गरेको छ। हामिले कार्यपालिकाबाट गाउपालिकाको शिक्ष ऐन, बन ऐन, स्थानीय कर निर्धारण कार्यबिधि, न्यायिक समिति कार्यबिधि लगायतका दर्जनौ कानुन निर्माण गरेका छौँ । कानुन निर्माण गर्दा प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालासँग छलफल गरिन्छ, सुझावहरू संकलन गरी त्यसलाई समेटेर पालिका सभा वा कार्यपालिकाबाट पारित गरिन्छ। हाम्रोमा सर्बसम्मत रुपमा कानुन पारित हुने गरेको छ ।

३. पालिकाको भौतिक विकास गर्न कतिको सहज छ?

भौतिक विकासका लागि बजेट सीमित र भूगोल चुनौतीपूर्ण रहे पनि योजना अनुसार प्राथमिकता तोकेर काम अगाडि बढाइएको छ। संघीय र प्रदेश सरकारसँग समन्वय गरी थप स्रोतसाधन जुटाउने प्रयाससमेत भइरहेको छ।

४. स्वास्थ्य, शिक्षाको अवस्था कस्तो छ?

स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा सहज बनाउन स्वास्थ्य चौकीहरू सुदृढ बनाइएका छन्। आठ ओटै स्वास्थ्य चौकीहरुका भवन छन । स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको ब्यवस्थापन गरिएको छ । १५ सैयाको अस्पताल निर्माण सम्पन्न हुदै छ । यसमा जनशक्तिको आर्पुािको लगि संघ तथा प्रदेश सरकारसंग पहल भइरहेको अवस्था छ । जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर अहिले सुरक्षित मातृत्व सेवा तथा दुई वर्ष मुनिका बालबालिकाको स्वास्थ्य निगरानीलाई प्राथमिकता दिँदै ‘फेमिली हेल्थ प्रोफाइल’ निर्माण कार्य प्रारम्भ गरिएको हो। स्वास्थ्यकर्मीहरुले विवरण संकलन गरि नै रहनुभएको छ । नियमित स्वास्थ्य शिविर, औषधि वितरणजस्ता कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। पाणिनि गाउँपालिकाका २ वटा एम्बुलेन्सहरु छन जसले नियमित सेवा दिईरहेका छन । महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरुका लागि सेवा प्रवाहमा सहज होस भनेर भत्ता, बिमा तथा सम्मान का कार्यक्रम ल्याएका छौँ।
शिक्षा क्षेत्रमा विद्यालयहरू भौतिक तथा शैक्षिक सुधारका कार्यक्रम अघि बढाइएको छ। सिकाइ सुधार कार्यक्रम, छात्रवृत्ति, अतिरिक्त क्रियाकलापको प्रवद्र्धन जस्ता पहलहरू गरिएका छन्। कक्षा ३ र ५ को उपलब्धि परिक्षा गाउँपालिकाले लिने गरेका छौँ । यसबाट उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान गरिदै आएको छ । शिक्षा क्षेत्रको सुधार र निगरानी गर्न पालिकास्तरिय शिक्षा समिति समेत बनाएर केही नयाँ गर्ने तयारि गरिरहेका छौँ । विद्यालयलाई प्रविधि युक्त बनाउने तथा माग अनुसारको अग्रेजि मिडियम बनाउने लगायतका काम भइरहेका छन । शिक्षा क्षेत्रको खास चुनौति विद्यार्थी अभाव हो, यो यहाँको मात्र होइन समग्र ग्रामिण क्षेत्रको हुदा यसको समाधानको निम्ति सबैको पहल आवश्यक छ ।

५. कृषि र पशुपालनलाई अगाडि बढाउन के प्रयास भएका छन् र के हुँदैछ ?

कृषकहरूलाई अनुदानमा बीउविजन, मल र औजार वितरण गरिएको छ। विउ आलुमा हामिले अनुदान दिएरै अहिले आत्मनिर्भर भएको छ पालिका । सिंचाईको लागि कुलो निर्माण, आलु, सुन्तला, तोरी पकेट क्षेत्र घोषणा गरेर प्रबद्र्धनका काम भइरहेका छन । हामी धानमा आत्मनिर्भर भएका छौँ भने पशुपालन तर्फ दुध र मासुमा पाणिनि आत्मनिर्भर बनेको छ । कृत्रिम गर्भाधान सेवा विस्तार, गोठ सुधार कार्यक्रम लगायतका पहलहरू भएका छन्। कृषि पर्यटनको समेत अवधारणा अघि सारिएको छ। दुध उत्पादनका आधारमा अनुदान, कृषक प्रोत्साहन तथा सिकाइका लागि भ्रमण कार्यक्रम, बाख्राको स्रोतकेन्द्र लगायतका कार्यक्र भइरहेका छन ।

६. तपोभूमि, दुर्वाशेश्वर गुफा लगायत पर्यटकीय सम्भावना भएका स्थानहरूलाई पर्यटनको हवका रूपमा विकास गर्न के प्रयास गरिएको छ?

पाणिनि विश्व भाषको उत्पत्ती स्थल हो, यो धार्मिक तथा एैतिहाँसिक रुपमा महत्वपूर्ण पालिका पनि हो । पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि पहुँच मार्ग सुधार, प्रचारप्रसारका काम भइरहेको छ। आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छौँ, हामिले गत चैत्र २७ र २८ गते तपोभूमि सम्मेलन समेत सम्पन्न गरेका छौँ, यसले तपोभूमिको प्रचारमा धेरै सहयोग पुगेको छ । यसबाट विकासको लागि ७ बुदे घोषणा पत्र जारि भएको छ । त्यस्तै पाणिनि तपोभूमि, दुर्वाशेश्वर गुफा, कालिकाठि, शिद्धेश्वर गुफा लगायतका धार्मिक तथा पर्यटकिय स्थलहरुलाई समेटेर गुरुयोजना अनुरुपको डिपिआर तयार गरेर काम अगाडि बढाएका छौँ । पर्यटक भित्र्याउन होमस्टे संचालनकमो योजना पनि बनाइएको छ।

७. बसाइँ सरेर जाने क्रम रोक्न पालिकाले के कस्ता योजना ल्याएको छ?

स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न कृषि, पशुपालन, पर्यटन जस्ता क्षेत्रमा कार्यक्रम ल्याइएको छ। युवा लक्षित स्वरोजगार कार्यक्रम, सीप विकास तालिम, आयआर्जनमुखी परियोजनाहरू सञ्चालन गरेर बसाइँ सराइको गति रोक्न प्रयास गरिएको छ। यद्यपि यो यहाँको मात्र समस्या नभई पहाडि जिल्लाहरुको भएके कारण स्थानीय सरकारले मात्र रोक्न सक्ने अवस्था छैन । तीनै तहका सरकारको सामुहि पहल आवश्यक छ ।

८. कर्मचारी र अन्य जनप्रतिनिधिहरुको सहयोग कस्तो छ? सम्बन्ध र समन्वय कस्तो छ?

कर्मचारी र जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय राम्रो छ। एक अर्काबीच नियमित समन्वय र छलफलका माध्यमबाट काम अगाडि बढाइएका छन्। समन्वय र सहकार्यलाई अझ मजबुत बनाउँदै स्थानीय सेवाको गुणस्तर सुधारमा जोड दिइएको छ।

९. चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन कस्तो भइरहेको छ? कुन क्षेत्रमा बढी खर्च केन्द्रित भएको छ?

चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन सन्तोषजनक छ। भौतिक पूर्वाधार विकास, कृषि प्रवद्र्धन, स्वास्थ्य सेवा सुधार र शिक्षा क्षेत्रमा बढी खर्च केन्द्रित गरिएको छ। हाम्रो कुल बजेट ६६ करोड २३ लाख ९४ हजार हो । हालसम्म समग्रमा ५१ प्रतिशत बजेट खर्च भइ सकेको छ । यद्धपि राजस्व बाडफाँड र आन्तरिक श्रोत कम उठेको कारण भुक्तानी ढिला हुनजाँदा पुंजिगत खर्च कम देखिन्छ तर अधिकांस योजना सम्पन्न भइसकेका छन ।

१०. आगामी वर्षका लागि प्रमुख प्राथमिकताहरू के के हुनेछन् ?

खास गरि हाम्रो पालिका कृषि, पशुपालन र पर्यटनमा आधारित हुने भएकाले यसमा लागानी बृद्धि गर्ने योजना छ । त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह, रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धन, भौतिक पूर्वाधारको विस्तार र सुधार, डिजिटल पालिका निर्माण, विपद् व्यवस्थापन र वातावरण संरक्षण लगायतका क्षेत्रले प्राथमिकता पाउनेछन् ।

११. तपाईंको अध्यक्षीय कार्यकालको हालसम्मको अवस्था कसरी मूल्यांकन गर्नुहुन्छ?

हालसम्मको कार्यकाललाई जनताको अपेक्षा र आवश्यकता अनुसार नीति निर्माणदेखि सेवा प्रवाह र विकास निर्माणमा उल्लेखनीय प्रगति भएको रुपमा लिएको छु। सीमित स्रोतबीच पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काममा प्राथमिकता दिइएको छ। अझ केही चुनौतीहरू भए पनि समाधानका लागि निरन्तर प्रयासरत छौं।

 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?