प्रेस युनियनको केन्द्रीय सदस्यमा आचार्यको उम्मेदवारी, को हुन् त आचार्य ?

अर्घाखाँची । लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मिति नजिकिँए सँगै अर्घाखाँचीका कृयाशिल पत्रकार प्रेमनारायण आचार्यले केन्दीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । युनियनको सृदृढिकरण तथा ट्रेड युनियन अधिकार कार्यान्वयनको लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।

दुई दशक देखि पत्रकारीतामा आबद्ध आचार्य बौद्धिक तथा निडर पत्रकार रुपमा छबि बनाएका छ्न् । विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा काम गरिसकेका उनी हाल अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक, उज्यालो, एभिन्युज टेलिभिजन लगाएतमा आबद्ध छन् ।

उनले महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय सदस्यमा मतदान गरि विजयी बनाउनुहुन समेत आग्रह गरेका छन् ।

को हुन त प्रेम नारायण आचार्य

२०४५असार १ गते सन्धिखर्क नगरपालिका १० धरम्पानीमा जन्मिएका प्रेम नारायण आचार्य अर्घाखाँचीको पत्रकारिता जगरका एक खम्बा हुन् ।

२०६३ सालबाट पत्रकारिता शुरु गरेका आचार्य पत्रकारिता विषयमा एमए अध्ययनरत छन् ।

समाचारपोष्ट डटकमका सम्पादक समेत रहेका आचार्यसंग राष्ट्रीय समाचार समिती (रासस) , अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक , एभिन्युज टिभी , उज्यालो नेटवर्क , रेडियो देउराली लगायतका मिडियामा काम गरेको अनुभव छ ।

शिक्षा पत्रकारिता पुरस्कार , विकास पत्रकारिता पुरस्कार , वातावरण पत्रकारिता पुरस्कार , जिपि कोईराला पत्रकारिता पुरस्कार लगायतका पुरस्कार प्राप्त गर्न सफल आचार्य अहिले पनि व्यवसायीक पत्रकारिता गरिरहेका छन् ।

२०६३ सालमा नेपाल प्रेस युनियनको जिल्ला सचिव भएका आचार्य , प्रेस युनियनका केन्द्रीय प्राषद रहदै आएका थिए । नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा दुई कार्यकाल जिल्ला सचिवको कुशलता पुर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।

आचार्य नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सस्थापक कार्य समिति सदस्य समेत हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?