कृष्ण अन्जान,
बुटवल । हरेक चाड पर्वहरुमा बुटवल लेडि जेसिजका दिदीबहिनीहरु रचनात्मक काममा जुटि हाल्छन् ।
यो श्रृखला बुटवल लेडि जेसिजको स्थापना भएदेखि नै जारी छ ।पूर्ण रुपमा सामाजिक संस्था नभएपनि निस्वार्थ सेवाभावले ओतप्रोत यो सँस्थाले गरेका समाजसेवा र मानवियता काम हरु देख्दा अरु सामाजिक सँघ सँस्थाहरुले पनि पाठ सिक्नु पर्ने देखिन्छ ।
यहि समाजसेवाकै निरन्तरतामा गुरु पुर्णिमा र भानु जयन्तीको अवसर पारेर बुटवल लेडि जेसिजले श्री कृष्ण प्रणामी सेवा समितिले सँरक्षण गरेका असहाय बालबच्चा हरुका माझमा सहयोगका हात बढाएको छ । लेडि जेसिजले त्यहाँ रहेका बालक हरुलाई शैक्षिक सामाग्री , कपडा तथा खान्किको समेत व्यवस्था गर्दै मानवियताका क्षेत्रमा नयाँ आयाम थपेको छ ।
बुटवल लेडि जेसिजका जागरुक सदस्यहरुले बालक हरुलाई खुवाउँदा मातृत्व झल्केको थियो र लाग्थ्यो बुटवल लेडि जेसिजका सदस्यहरु ती असहाय हरुका आमा बनेर त्यहाँ पुगेका हुन्।
गुरुप्रतिको आस्था ,संस्कृतीको सम्मानलाई सँगै बुटवल लेडि जेसिज द्दण्द्दद्द का अध्यक्ष अनुपमा श्रेष्ठको जन्मदिनलाई पनि सँगै जोडेर यो मानविय कार्य गरेको हो ।
कार्यक्रममा आफ्ना धारणा राख्दै महन्त देवराज महाराजले नेपालमा पश्चिमी सँस्कृति हावि भएकोमा चिन्ता व्यक्त गरे । ‘हामीलाई धर्मले अनुशासन मा राख्छ र अध्यात्मले व्यक्तिलाई नया नैतिक बाटो देखाउने उनको तर्क थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष अनुपमा श्रेष्ठ एक हातले दिएको अर्को हातले थाहा पाउनु हुदैन भन्ने मान्यता भएपनि वर्तमान परिप्रेक्ष्यमा सकारात्मक प्रेरणाका लागी र सन्देशका लागी पनि सबैलाई थाहा हुनुपर्ने र यस्ता कार्यक्रममा सबैको उत्साहपूर्ण सहभागीता समेत गराउनुपर्ने कुरा व्यक्त गरेकी छिन्।
बुटवल लेडि जेसिजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएकोकार्यक्रममा मन्दिर व्यवस्थापन समिती अध्यक्ष धनराज पोख्रेल,मातृशाखा बुटवल जेसीज अध्यक्ष जेसी चन्द्रमणि भुषाल,नेवा पुच कि अध्यक्ष धनु श्रेष्ठ , पुर्व अध्यक्ष ज्ञानधरा पौडेलले आफ्नो विचार राखेका थिए ।
युवा परिषद उपाध्यक्ष शोभा श्रेष्ठ,पूर्व अध्यक्ष सल्लाहकार सिनेटर राधिका पोखरेल,पूर्व अध्यक्ष सिनेटर मन्जु भूषाल,जेसी ज्ञानधरा पन्त,आजिवन सदस्य कल्पना श्रेष्ठ,मीना केसी,गीता ज्ञवाली, बुटवल जेसिजका वर्ष २०२२ का अध्यक्ष चन्द्रमणि भुषाल, तिलोत्तमा नेवाःमयजू खलका अध्यक्ष मिनु श्रेष्ठ, भिमसेन नेवा मयजू खल अध्यक्ष धनु श्रेष्ठ,रुरु मिलनकेन्द्र नेपाल अध्यक्ष जमुना सुवेदीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संम्योजन संस्थाकी सदस्य संगिता मरासिनी ,सञ्चालन संस्थाकी महासचिव संगिता ढकालले गरेकी थिइन् भने आस्थापाठ कार्यकारिणी उपाध्यक्ष जेसी बेदना पाण्डेले गरेकी थिईन् ।












